– इश्वर मानन्धर

गणतन्त्र नेपालको पहिलो उपलब्धि
बान्द र चेतावनी तिमी अति महान छौ
प्रस्तावित नयाँ नेपाल आगमनको बेला
नियमित झैं तिमी देखा परेका हुन्छौं
जन चाहाना र अधिकार भन्दै चुनौंति दिन्छौ
सजिलै पूरा गराउँन पनि सक्षम हुन्छौ
कति वाध्यता छ जादु छ यो बन्द शब्दमा
कुनै बेला पनि जहाँ पनि प्रकट हुन सक्छौं
कति छिटो यति प्रख्यात भयौ तिमी
देश भरी नैं ब्याप्त हुन सक्छौ तिमी
घर परिवारभित्र पनि प्रवेश गर्यौ तिमी
अचम्म ! कसरी विख्यात भयौ तिमी ?
उपत्यका बन्द, अस्पताल र बाटो बन्द

विद्यालय बन्द, सरकारी कार्यालय बन्द
यातायात बन्द, कलकारखाना बन्द
कति प्रवल असीमित छौ तिमी बन्द
पूर्व मेची होस वा पश्चिम महाकाली
राजमार्ग होस वा केवल मार्ग नैं होस
छिनमा बन्दको विगुल फुक्न सक्छौ
जन जीवन नै संकटमा किन नपरोस
नयाँ नेपाल निर्माणको पहिलो अध्याय
कतै बन्द र चेतावनीबाट नैं शुरु हुने हो कि ?
सून्दर शान्त, विशाल नेपालको परिकल्पना
बन्दको परिभाषा विना नैं लोप हुने हो कि ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *