– डा लाल-श्याँकारेलु रापचा

वीरता-कायरता

एमसी टर्नर साहिब !
गोर्खाली वीरताको लहरे गाथामा

विगतको
थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट
तपाईं यो पलमा
स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि
म ब्रेभेस्ट अव् द व्रेभ गोरखा
आज तपाईंसँग मनोसम्वाद गर्न
ग्यालिपोलीको चिहानबाट
कोलाबेलायत र लाभुवानको चिहानबाट
पिरस्टिनाको चिहानबाट

फोक्ल्यान्डको चिहानबाट
मुसा क्वाला र मेसोपोटामियाको चिहानबाट
व्युँतिएर आएको छु; यो ूकहिल्यै सूर्य नअस्ताउने देशू मा ।

मैले तपाईं र तपाईंको युनियन ज्याकलाई
राजमुकुटलाई सिमानाहरु र सारा बेलायतीहरुलाई
मेरो शरीरमा रहेका सप्पै थोपा रगतहरु दिएको छु ।

मेरा सप्पै औंलाहरु दिएको छु ।
आँखाहरु पनि दिएको छु ।
खुट्टाहरु पनि दिएको छु ।
के दिइन मैले
हुँदा हुँदा सारा दुई सय बर्षैसम्म
मेरो मातृभाषा पनि दिई सकें ।

घाँटु श्याँदर साकेला र पाःल्लाम् पनि दिई सकें ।
मेरो चिनारी पनि दिई सकें ।
त्यसैले म मोस्ट जेनेरस अव् द जेनेरसू गोरखा हुँ।
मैले तपाईं र तपाईंको युनियन ज्याकलाई
राजमुकुटलाई सिमानाहरु र सारा बेलायतीहरुलाई
मेरो शरीरमा रहेका सप्पै थोपा रगतहरु दिएको छु ।

मेरा सप्पै औंलाहरु दिएको छु ।
आँखाहरु पनि दिएको छु ।
खुट्टाहरु पनि दिएको छु ।
के दिइन मैले
हुँदा हुँदा सारा दुई सय बर्षैसम्म
मेरो मातृभाषा पनि दिई सकें ।
घाँटु श्याँदर साकेला र पाःल्लाम् पनि दिई सकें ।

मेरो चिनारी पनि दिई सकें ।
त्यसैले म मोस्ट जेनेरस अव् द जेनेरसू गोरखा हुँ ।

हो एमसी टर्नर साहिब !

त्यसैले म ूब्रेभेस्ट अव् द व्रेभ गोरखाू हुँ ।
यसैलाई तपाईंले गाथा लेख्नु भयो बे्रभरीको
मलाई विश्वले टाँचा लगाइ दियो मसर्ीनरीको
भलै मैले स्वतन्त्रता खातिर तपाईंको हुँदो युद्ध लडें हुँला ।
भलै मैले शान्ति खातिर तपाईंको हुँदो युद्ध जितें हुँला ।
आज विश्वसामु तपाईंको यो ूब्रेभेस्ट अव् द ब्रेभू सारथी
गोरखा मसर्ीनरीू को कलंकसहित
स्याडेस्ट अव् द स्याडू मुहार लिएर

यो घडीमा
दुराडाँडा आँपस्वारा टेम्के मेदिबुङ र फक्ताङलुङबाट
बफादारिताको सलामी ठोकी रहेछु ।

एमसी साहिब राल्फ टर्नर !
स्वीर्कानुस् बफादारिता र इमान्दारीताको मेरो सलामी !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *