– भरतमणि चोङ्वाङ “भरुपल”

(डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)

ज्ञान अल्पताले ग्रस्त
जो विचलित मनका भावहरु
कुण्ठाको खेति गरेर
शुन्यता जन्माउने अभिशापहरु
मूर्खतासंग अवैध सम्बन्ध राखेर
नोबेरो कविता जन्माउने
ओ जल्लाद कविहरु !

तिमेरुको कविता
शुन्यताको भित्तामा लङ्गडो भएर उभिएको छ
आदिम युगको जीर्ण शालिकजस्तो

प्रकाशनको मृतसहरमा
तिमिरुको कविता
बुख्याँचा भएर उभिएको छ
बसाइँ सरेको घरजस्तो
कविताको रङ्ग उडेको छ
कतै बेचैन अक्षरहरु
शब्दहरु प्रस्फुटन हुन नपाउदै
म्युकस भएर तुहिएको छ
कतै बेनाम शब्दहरु
वाक्यहरु जोडिन नपाउँदै
मायावरको सपनाजस्तो
बीचैमा तुहिएको छ
के ढाट्नु ?
ओ महामहिम कविहरु !

तिमेरुको कविता
एक उरुङ कुण्ठा
एक उरुङ चीत्कार
र एक उरुङ वेदनामै पुरिएको छ ।

नोट: नोवेरो – अवैध सम्बन्धबाट जन्मिएको सन्तान ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *