– दयाकृष्ण राई

कवि केदार सुनुवार भाईले फोनमा सम्पर्क गरेर मलाई अनुरोध गरे । दाई हामीले सुनुवार समाजको मुखपत्र प्रकाशन गर्दैछौं । दाईको एउटा ऐतिहासिक लेख जसरि भएपनि चाहियो । मेरो अनुरोधलाई अस्वीकार नगर्नु होला । मैले लामो सास फेरेर प्रयास गरौंला भनेर आश्वासन दिए । फेरि उनले लेख लेख्ने समय नभएमा कविता भए पनि हुन्छ भनेर थप अनुरोध गरे ।

म इतिहासविद हैन के लेखौं त्यस्तो ऐतिहासिक लेख असमााजस्यमा परे । सुनुवारकोबारे लेखौं भने सुनुवार सम्बन्धी ूसू सम्मपनि जानकारि नभएको ब्यक्ति परे । म सानु छदा ठुलाबडाले भनेको िकंवदन्ती सुनेको थिए सुनुवारहरु पनि राई जातिनै हुन रे तर हामी राई जाति भन्दा माथिल्ला जातका राई हुँ भन्छन रे । उनीहरुले हामीले पकाएको दाल खादैनन रे ।
यहिनै त नेपाली समाजमा विकराल समस्या । उपल्लो जात उँचनीच मान्छेले छोएको मान्छेले नखानु भनेको कति हस्यास्पद कुरा । लोकतान्त्रिक गणतन्त्र पछि राजनीतिक पार्टीहरुले आफनो घोषणा पत्रमा छुवाछुतको पुर्णरुपमा उन्मुलन गरिएको उल्लेख गरेका छन । तर नेपाली समाज भित्रको दरिद्र र संकुचित मानसिकतामा भने यथावतै छ भन्दा दुई मत नहोला । हामी जनजातीहरु पानी चल्ने जात भनेर घोषणा भएपनि बाहुनहरुले हामीले दुधमा पकाएको चामल खीर घ्युमा पकाएको चामलको रोटी नैवेद भनेर ग्रहण गर्दथिए तर हामीले त्यहि चामल पानीमा उमालेको र पानीमा पिठो मुछेर पातमा बेरेर बनाएको रोटी खान हुदैन भन्थे । त्यसै गरि राई जातिले पकाएको दालमात्रै खान नमिल्ने जात सुनुवारहरु कस्तो होलान मेरो बाल मस्तिष्कमा प्रश्नवाचक चिन्ह तेसि्रयो ।
हामी भन्दा उपल्लो जातका राई सुनुवारहरु पक्कै पनि हामी जस्ता होचो कद गहुँगोरो भुषतिघ्रे चिम्से आँखा र नेप्टोनाक भएका त छैनन होला यो मेरो बाल्यकालको अडकलबाजी हो । जव म बि्रटिश सेनामा भर्ना भएँ तवमात्रै सुनुवार साथीहरुलाई प्रत्येक्ष भेटने मौका पाएँ । उनीहरु मैले सोचे जस्तो चुच्चो नाक गहिरो आँखा भएका होइन रहेछ । बिल्कुलै राई जस्ता त्यसैले राई सुनुवार भन्ने गरिएको रहेछ । ओखल ढुङ्गा रामेछाप र दोलखा तिर बसोवास गर्दा रहेछन सुनुवारहरु बल्ल थाहा पाएँ । अव भने सुनुवार मित्रहरु सँग निकटमा काम गर्ने मौका मिल्यो । केदारजी त झन सैनिक छाउनी भित्र पनि एउटै प्लाटुनमा आईपुगे । त्यस पश्चात हामी दुई काँढेतारले घेरिएको सैनिक छाउनी भित्र सहयात्री भएर काम गर्न थाल्यौं । र हाम्रो मित्रतामा मलजल लागेर झाङ्गिन थाल्यो । । अन्तत्वगत्वा यहि झाङ्गिएको मित्रतालेनै यो लेख लेख्ने अवसर पनि मिल्यो ।

पाण्डव सुनुवारनै मैले सबै भन्दा पहिलो नाम सुनेको सुनुवार जातिको नाम हो । नसुन्नु पनि कसरि रेडियोले दिन प्रतिदिन नाम फलाक्ने गर्दथ्यो । उहाँको भिज्यो तिम्रो रातो पछयौरि नी हाई हाई । भन्ने गीत प्रचलित हुदा म त्यस्तै बाह्र तेह्र बर्षको थिए । त्यो गीत रेडियो नेपालबाट प्रसारण भएपछि सास नफेरि सुन्ने गर्दथिए । अहिलेपनि त्यस गीतलाई जति सुने पनि म तृप्त हुन सक्दीन । पाण्डव सुनुवार बहु प्रतिभाका धनी भएकोले उहाँको उदघोषण देखिपनि म ज्यादै प्रभावित थिएँ । म मात्र कहाँ हो र साढे दुई करोड जनतालाई मन मुग्ध बनाउने स्वरका धनी थिए पाण्डव सुनुवार । माथी उल्लेखित गीतमात्रै हैन बाबरि फुलको बोट आयो ढल्काउदै झमझम ईस्टकोट । टयाक्सी गुडाउदै बाईरोडको बाटोमा धुलो उडाउदै । यस्ता दर्जनौ लोकपि्रय जन जिब्रोमा झुण्डिने लोक गीतहरु गाएका थिए पाण्डवले ।

यस्ता बहु प्रतिभाका धनी ब्यक्तिनै ईश्वरलाई पनि चाहिदो रहेछ । त्यसैले अल्प आयु मै ईश्वरले हाम्रो सामुबाट चुडाएर लगे पाण्डव सुनुवार लाई । सन २००६ मा विश्वकै सर्बौच्च स्थानमा रहेको थोरुङ्गपास पदयात्रा म लगायत हामी ४ जनाको टोली आन्तरिक पर्यटक भएर हिडेका थियौं । हामी जति जति उच्च उच्च भूभाग चुम्दै गयौ लेकको असर परिरहेको थियो र हिमाल पारिको गाउँ मनाङ्गमा १ बजे मध्यान्हमै बास बसेका थियौं । मैले मेरो रुकस्याकबाट रेडियो निकालेर हतार हतार मिटर दौडाए केहिपनि टिप्न सकेको थिएन बल्लले रेडियो नेपाल टिप्यो नियालेर सुने अचानक पाण्डव दाईको सम्झनामा श्रद्धााजली स्वरुप विशेष कार्यक्रम प्रसारण भईरहेको थियो । म तीन छक्क परे विश्वास गर्नै सकिन र साथीहरुलाई पनि कार्यक्रम सुनाए हामी सवै स्तब्ध भयौ ।

अशुभ समाचार सुनेर चिन्तित मन सँगै यात्रा पुरा गरियो र नियात्रा लेखे पत्रिकामा प्रकाशन पनि भयो । तर नियात्रा लामो हुने भएकोले मैले पाण्डव सुनुवारको दुःखद निधनकोबारे समेटन खोज्दा खोज्दै समेटन सकिन । त्यहि अपुरो संस्मरणलाई समेटने अवसर प्रदान गरेकोमा म सुनुवार समाज युकेलाई आभार नदिई त रहन सक्दिन । पाण्डव सुनुवार जीवित हुदा प्रत्यक्ष भेटने मौका त मिलेन तर म उहाँको फयान उहाँबाट अपरिचित मान्छे । पाण्डव सुनुवार भने अढाई कोटी नेपालीहरु बाट चिरपरिचत ब्यक्ति त्यसैले म उहाँलाई सजिलै चिन्थे । उहाँको सान्निध्यमा नपुगी उहाँको बारेमा संस्मरण लेख्ने दुस्साहास गर्नु मुर्खता त होईन ।

सन १९८८ तिरको कुरा हो म बि्रटिस सेनामा भर्ना भएको करिब पाँच बर्ष भएको थियो । पाण्डव सुनुवारजी कोरिया गएर फर्किने क्रममा हङकङ्ग पस्नु भएको मौकामा बिएफ बिएस हङकङ्गको स्टुडियोमा फोनईनका प्रवर्तक किशोर गुरुङ्गज्युले आमन्त्रण गर्नु भएको थियो । किशोर गुरुङ्गज्युले उहाँलाई प्रत्यक्ष अन्तरबार्ता लिनु भएको थियो । बिशेष गरेर पाण्डवजीले त्यस फोनईन कार्यक्रमको अवलोकन गरेर नेपालमा पनि साचालन गर्ने आफनो मनसाय पेश गर्नु भएको थियो । अन्तमा उहाँलाई किशोरजीले दुई वटा गीत रोज्न लगाउनु भएको थियो जस्मा मलाई ज्यादै मनपर्ने गीत चाँदनी शाहको शब्द रचना नातीकाजीको संगीत र तारा देबीले गाउनु भएको उकाली ओरालीहरुमा भाज्याङ्ग अनि चौतारिहरुमा । जहाँ जहाँ जान्छौ तिमी म पाईला बनी पछाई रहन्छु । ब्ााेलको गीत रोज्नु भएको थियो । फोनईनको दिन फोन सम्पर्क हुनु भनेको भाग्य चिट्ठा परे जतिकै भएकोले मैले पाण्डवजीले रोज्नु भएको गीतलेनै चित्त बुझाएको हिजो अस्ति भरखरैझैं लाग्छ ।

पाण्डवजीले हङकङ्गका स्रोताहरु म्ााँझ फोनईन कार्यक्रमको स्वाद नेपाली स्रोताहरुलाई पस्किने प्रतिबद्धता जाहेर गरेजस्तै सन १९९१ मा दोस्रो छुट्टी जाँदा नेपालमा पनि फोनईन कार्यक्रम सुन्न पाएँ । हङकङ्गमा आईतबार साचालन हुन्थ्यो भने नेपालमा चाहिँ शनिबार साचालन गर्नु भएको रहेछ पाण्डवजीले । सन १९९६ मा बि्रटिश सेनाबाट अवकाश भएपछि साम्रज्यबाद बेलायतको असमान ब्यवहारले समान क्षत्तिपुर्ति पेन्सन सुबिधा नभएकोले गाँस बास कपासको लागि बिदेश पलायन हुनुपर्ने बाध्यताले छोयो र झण्डै एक दशक फोनईन कार्यक्रमबाट बन्चीत भएर जापानबाट फर्किएकै भोलीपल्ट साथीको चिठीहरु पुर् याउन जानको लागि सात दोबाटोबाट बस चढेर बसपार्कतर्फ लागे । शनिबारको दिन थियो बसभित्र प्रवेश गरे रेडियोमा फोनईन कार्यक्रम प्रसारण भईरहेको थियो । म झसङ्ग भए कति रमाईलो लाग्यो पाण्डवजीको श्रोता सँग स्थलगत मौसमको बारेमा सोधाई र श्रोताको गीतको छनौटपनि मलाई ज्यादै मन पर् यो । मैले त्यो गीत प्रथमपल्ट बसमा सुनेको देखि अझै सुन्ने मौका मिलेको छैन । गायक र गायिका को को हुन त्यो पनि थाहा छैन । गीतको बोल चाहिँ टयाक्सी मोटरकार साईलीको भट्टीमा तोङवा तानौं यार । टयाक्सी मोटरकार फलफुल खाउ गोरस खाउ बिन्ति नमस्कार । गीतले मलाई भावुक बानायो । गीत सकेपछि पाण्डवजीले एउटा सन्देश मुलक भुमिका बाँध्नु भयो । अँ त श्रोताहरु फलफुल जुस र गोरस पिउनु होला मद्यपान गरेर आफनो स्वास्थ खराव नगर्नु होला । पाण्डव सुनुवर बाट साचालित फोनईन कार्यक्रम सुन्न पाउँदा मलाई तीनपाथीको भात खाएझै टन्न अघाएको अनुभूत गरे ।

उहाँले साचालन गर्नु भएको फोनईन कार्यक्रम अहिले कस्ले साचालन गर्दैछ थाहा छैन । तर रोधि कार्यक्रम भने मित्र अमर ध्वोज लामाद्वारा साचालन भईरहको रहेछ । सन २००६ सालको कुरा हो आदीवासी गीतकार संघको अगाडि पट्टी चियापसलमा साहित्यकार पत्रकार गायक संगीतकार सबै स्रष्टाहरुको दैनिक जमघट हुने स्थलमा गीतकार शुभ मुकारुङ्गजीले अमरजी लाई हल्का ठटयौलीको रुपमा ओ सानु पाण्डव सुनुवार भनेर ठट्टा गर्नु भयो । अमर ध्वोज लामाजीले मन्द मुस्कानका साथमा बिना प्रत्युक्तर स्वीकार्नु भयो । मलाई त्यो ठटयौलीको रहस्य के हो भनेर बुझन सकिन र उहाँहरु लाई प्रश्न गर्न पनि उपयुक्त लागेन । अहिले जव अमर ध्वोज लामाजीले साचालन गरेको रोधि कार्यक्रम सुन्ने गर्दछु हुबहु पाण्डव सुनुवार जस्तै । गीतकार शुभ मुकारुङ्गजीको ठटयौली सम्वादको बल्ल रहस्योदघाटन भयो । अमरजीको यस प्रयासले कतै पाण्डवजीको रिक्तताको परिपुर्ति भएझैं लाग्छ भने कतै यथार्थमा केहि हराएझैं पनि लाग्छ ।

दयाकृष्ण राई
ठुलो दुम्मा ५ भोजपुर
हाल बेलायत कार्डिफ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *