– ईश्वर चाम्लिङ्ग

तिमो तिरस्कार म खप्न सकिन
यो मनको चित्कार म रोक्नै सकिन
खप्न नसकि म विलाए आफैमा
रोकिन नसकि म बगे आँखामा

अस्ताइसकेको जून भए
अन्धकार रातमा अल्झिरहे
अल्झिरहे म बल्झिरहे….
पिडा तिरस्कारको सहन नसकि
चित्कार मनको रोक्नै नसकि
अल्झिरहे म बल्झिरहे….

तिखो कुराको प्रहार सहे
दर्द मनमा बल्झाईरहे
बल्झिरहे म अल्झिरहे ….
पिडा तिरस्कारको सहन नसकि
चित्कार मनको रोक्नै नसकि
अल्झिरहे म बल्झिरहे….

१८ फेब २०१०, ब्रुनाइ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *