– जया राई

समररको प्ाारिला लामा दिनहरुमा ग्रीनपार्क् र हाइड्पार्कसंग मस्किन्दै । थेमस् नदीको किनारै किनार रातो डबलडेकर बस्मा लण्डनलाई फन्को मार्दै वोटर्लु र बेकर् स्ट्रीट् अण्डरग्राउड स्टेसनमा हराउँदै । प्ाव्हरुमा वियरको रनाहमा चेल्सी र आसर््नलको सपोटर््मा चिच्याउदै।sाेष्ठा र स्टार्वग् क्याफेमा कफीको सीप लिदै।थिएटर्ह््््रु चार्दैचर्च र च्यापलमा क्यारोल गाऊंदैहरेकमा रम्दै र आत्मसाथ गर्दै सोफीले नयां जीवन थालेकी छ लण्डनमा ।

लण्डनलाईफ्को स्वाद लिदै सोफीले दुई चारजना जवानको मनमा आफनो नाम लेखिदिएकी छ ।विद्यार्थी भएर आएकी ऊ सबैको स्वाद लिदै लण्डन संग गहिरो मितेरी गाँस्तैछे । विण्टरका छोटाअंध्यारा र चीसा दिनहरु त उसका वैरीहरु न्ौ हुन् । चाहान्छे यी चिसा चिसा रातहरु सधंै संधै समरका उज्याला लामा दिन मात्रै हुन् ।

जति दिन लण्डन बसी खुशीलेरमे रै बसी।हरेक पललाई वल्टाई पल्टाई नियाली स्वाद लिदै चाखी । पढाई सकेर घर फर्किदा दुईचारजना जवानलाई मनमा सजाएर फर्की एउटा तरुनो मनले । साकिवलाई त उसले मोहनी नै लगाएर गै। लगातारको फोनकललेमित्रताको हातलाई दरिलो पार्न फेरि लण्डन भिजीटको निम्ता पठायो वर्ष दिन पछि ।

धेरै उत्सुकताका पत्रै पत्रमा वेरिएर एक दिन हिथ्रो एयरर्पोटको अराइभल् टर्मिनल तीनमा सोफीलाई पर्खिरहेछ साकिवतस्रनाका खहरेहरु बोकेर ।

िसंगापुर एयरलाइन्स् ल्याण्ड त भयोइमिग्रेसन डेक्समा पुग्दाअफिर्ले पासपोर्ट हेरेर भने मिस् ली तपाईको पाष्पोर्टमा भीषा छैन।त्यसैले तपाईलाई मैले भित्र जान दिन सक्तिन ।ू ंिसगापुरेहरुले यूके एयर्पोट्मा पाउने तीन महिने भिजीटिडं।भीषा रोकिसकॆछन् । सोफीलाई ती नियमका बारेमा हेक्का नै छैन । उसलाई त सिर्फ लण्डन आउनु थियो । यहांको रमाईलो दुिनंयामा फेरी हराउनु थियो । साकिवहरु र पीटरहरुलाई फेरी खोज्नु थियो रोज्नु थियो । फेरी खुल्ला वातावरणमा हेलिनु विना कुनै रोक टोक् ।

साकिवकी प्रेयसीुहिट्थ्रो एरपोर्टको कालो नियमकानुनको खातापाता मै हराई है । पर्खिनुपर्खिनु अनि निरास फर्किनु मात्रै । जोगाएर राखेको मिठा मिलनका चूम्बन्हरु हिट्थ्रो एयर्पोट् भित्रै कतै सेलाए।नत सोफीको रोदन् नत साकिवको विरहको मूल्य नै छ त्यहा ।त्यहां त खाली मै हँु ठान्ने अफिसरहरु मात्रै छन्।sसैको विरह सुन्ने न मुटू छ न त समय नै ।

लिगल्ली आएकी अब क्षण भरमै ईलिगल् हुंदैछे । उसलाई नियमकानुनको दरिला सांलाले हातखुट्टामा नील ठोकिदिएको छ।उड्दो पाछी पिाजडामा वन्दी छे । धेरै देशका नौला नौला ऊ जस्तै मानिसहरु संग कष्टडीमा एक रात राखिएकोछभोलि िसंगापुर फर्काउने सर्तमा । आपुूलाई कालो मोसो दलिएको ठान्छे । सबै सपनाहरु चिसा चिसा हुदै सेलाएआफैंलाई कैंयोपटक गालि गर्दै ।

सांघुरो सिमा घेरा भित्र पनि उसले धेरैलाई नियाली सबैको कथा आ आफ्नै छन् । जो कोही पनि जीवनको नयां मोड खोज्दै लण्डन आएका छन्।sसैलाई अपराधिको आंखाले हैन त्यो कष्टडि त नियमित आकस्मिता न हो जीवनको । त्यहां पनि त उसले माया खोजी जीवनको गोरेटोमा संगै हिड्ने कुनै कोही योग्य वर छ कि भनेर गन्ध सुघ्छे । मन भित्र लुकाई ल्याएको भावनालाई कसैले रोक्न सकेन।उसका शिपालु मनले सिमाअधिकारीसंग खुसुक्कै चिनारी गरी।साकिव सायद रात भर उसैको विरहमा अनिदो हुंदो हो । उसको नयां साथी मलेसिया होलिडे जादै गरेकोलाई िसंगापुरको पनि खुसुक्क निम्तो थमाई ।

कष्टडीका बाह्घण्टा कष्टकर त भए नैडिपोटेस्न त हुदैछ तर फर्किन्दा नयां साइनोको कोसेली मन भित्र लैजादै छे।फर्किनुको पीडा नयाँ मित्रताको मलम्ले मत्थर बनाउने प्रयासमा।जीवन रंगै रंगमा फेरी रंगियोन्ायां साथीको लगातारको फोन कल अर्कै अर्कै आलाप जीवन संगीतको ।

साकिव आफ्नो विचारमा पहाड जस्तै अचल । अरु कैयन युवाहरु आधि हुरी भएर आए गए रीतुनुसार।वर्षहरु एक दुई गर्दै पांच तिर सर्दै । स्वतन्तत्र जीवनको उपभोग गर्ने शैलीमा।तर साकिवमा भएको माया छैन अरु कसै संग ।

िसंगापुर भ्रमणको लागि निम्ता पठाईमिलनका सपनाहरु ब्ााेकेर फेरी ।

जुलाईको २८ तारिक फ्ल्याईटअफिस्बाट घर पुगेर सुट्केश टिपेर हिड्नै हतार । इभिनिडं नौ पचासमा उड्नु छ । अण्डर ग्राउण्ड ट्रेन पक्डेर एक्टन् टाउन् स्टेसन्मा पुग्दा झल्यास्य संझियो पासपोर्ट त कोठामै छुटेछ ।

भीड रेलबाट सुट्केश् निकाल्दै अपोजिट् पट्टीको रेल समात्यो ।

एयर्पोर्ट् पुग्दा प्लेनले धावन् मार्गमा पालो पर्खिदैन्छ छ।sष्टमर् सर्भिस् डेक्स् बन्द उसको आंखा तिर्मिराए जसरी जेनीलाई अध्यगमनले रोक्दा भएको थियो । ऊ आफै देखि रिसाउछ।तेरो यो हिट्थ्रो एरपोर्ट संग के नै त्यस्तो वैमनुश्यता थियो र पटक पटक पीडित हुन्छस हं्

म्ानको गरांै पहाड रेल् बस्उही बन्द कोठा अनि फेरी मौनता । सोफीले साहनुभूतिको होइन नालायिकीको कसिमा रगडेर फेरी अर्को पटक घोची शब्द वाणले ।

ऊ त नौलो समाजमादह्रोनयाँ घरबार बसाउने सपना बोकको छ । ज्ाहां उसको मायालाई कुनै भूगोलले छेक्न नसकोस्मौलिक अधिकार कुनै ईश्वरको नाममा वंधकि राख्न नपरोस् ।

सोफीमा खै के कसो छ थाहा छैन । तर उसले आफ्नी ठानेकी अरु कसै संग छे कि भन्ने कल्पना सम्म पनि गदैर्नसक्दैन ।

होलिडे फेरी पनि जुराइयो ।

चीम्सा आखाबाटुलो मुहार र नयां ठाऊँ को सममिप्यतामा समयले फड्को मार्दै आफन्त र साथी भाइमा एकान्त समुन्द्रका छालहरुमा बग्दै भविष्यमा चाडै प्रणय शुत्रमा बांधिने दुवै पक्का ।

समद्रको तटमा मन्द मन्द िसंगापुरे पवनलाई साक्षिराखी उसले घँुडा टेकेर डायमण्डको औंठीं लगाइदिएर विहेको प्रपोज् ।स्वीकारीसूर्यको लालिमामा एकान्तमानचाहदा नचाहदै वितेका विदाका दिनहरुमा ।

मन र मुटु िसंगापुरमै छाडेर एयर् विमानबाट ढाका फर्किनुको विवशता र दश वर्ष पछि घरमा आमाको बूढ्यौली अनुहार हेर्नु कर्तव्यबोधका दुई ध्रुव ।

आमाको यसै वर्ष विवाह गर भन्ने ढिप्पी । आफन्तहरुको पनि केटीको लर्को लगाउदै हेर्न हिड्न कर । शिक्षित व्यक्ति हाम्रै देशमा गाउंघरलाई खाँचो छ । यसपालिको चूनावमा उ्ठनु पर्छ । जीताउने जीम्मा हाम्रो हो भन्दैरोक्छन् । भन्न पनि सकेन कसैलाई विहेको प्रस्ताव राखेर चीनो आंैठी साटेको।मनमा समुद्रपारको साइनोको गौरव अर्कै छ ।

ती साना कलीला केटीहरु संग कसरी जिन्दगी वित्छ ऊ आफैं प्रश्न गर्छ आफैंलाई । आंखा चीम्लेर बाल विवाहको विरोध मौन भाषामा । फोहोरी राजनीतिमा नफस्ने ऊ न खालीदा ज्या को हुन चाह्यो न त बेगम हसिनाको नै । यस पटक फेरी आमा र आफन्तको मनमा झटारो हानेर उम्कने सफलता मिल्यो ।

पटक पटक धोका दिने एयरर्पोट आज उसलाई त्यस्तो अपराधि लागेन।नियाल्यो एयरपोर्टत एउटा अर्को संसार हो। घुइचॊ छ रंगमाच हो ! यो त मानव जातिको प्रदर्शन स्थललै हो।सकुशल लण्डन पुगेकोमीठा मीठा कुरा सुन्न र सुनाउन चाहेको छ जीवन यात्राको फोनमा सोफीलाई ।

सोफी भन्छ आउने नोभेम्बरको विहेको प्लान जनवरीमा सार्न पर्ला ।

किन र हनी

होइन तिमी भर्खरै होली डे गएर फर्कियौहोमअफिसलाई देखाउने बैकमा व्यालेन्स नहोलानि त ।

त्यो त मेरो जिम्मा हो नि ! तिम्ले वरी गर्ने काम नै हैन नि हनी ।

अनि……।

के अनि

मेरा साथी र आफन्तहरुले भनेको तिमी अलिक पुड्के देखिन्छौं रे …।

अनि…।

के अनि…

तिमी छत्तिस होइन छयासलीस को देखिन्छौ रे नि ।

हनी तिमीले हो विहे गर्ने…।

अरुको विचारमा किन अल्मलिने

मेरा लागि ओठ निचोरे दुध आउने केटीहरु तयार छन् ।

तर तिमी चौतिसकीलाई नै किन राजें त म मेरो विचारको मालिक तिमी पनि विचार

वाद विवादमा अल्झदै पनि दिनहरु वितीरहॆ ।

एक दिन अफिसमा कुरियर आएर मिस्टर अली खोज्यो।पास्रल् बुझायोगयो ।

विना अनुमान मेसिनमा प्राप्तीको सिग्नेचर कोरिदियो।विस्तारै खोल्दै गयोअनेकौं कौतुहलताका साथ ।

त्यहि पृय हिराको औंठीजुन सोफीकॊ अगाडि घुंडा टेकेर हात मागेर विहेको प्रस्ताब राखेको इंगेज मेण्ट रिड।!

भित्ताकॊ आफनै तस्वीरले व्यंग गरिरहेछ हांसेर एलएलविको सर्टीफिकेटले । पर्खालमा ठोकिन्छ टाउको घडिको पेंडलम झैं टँडं टँडं टंडं…।

सोफी! तिमी जस्तै छोरीहरुले नै हुनु पर्छम जस्तै धेरै धेरै छोराहरुको कोमल मन कठोर बनाउन कर लागेको ।

ख्ाुदाको कसम ! अझै तिमीलाई नै माया गर्छु ! स्वार्थीनै किन नहौं तिमी । तर…अब मेरी आमा को लागि उनैले रोजेकीउनकै वुहारी विहे गर्छु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *