– भरत के सुनुवार
मलाई छेक्न बार नबनाउ
मुटु रेट्न तरवार नबनाउ
टुक्री सक्यो दिल अघी नै
चोक्टा चोक्टा पार्न धार नबनाउ
रस बिनाको फूल को के अर्थ
मौरी लोभ्याउन घार नबनाउ
चिनिसके दुनियाँले तिमीलाई
फलाम काटी हीरा को हार नबनाउ
पीडा छ के अर्थ र मनोरन्जन्को
टुटेको सारङ्गीमा तार नबनाउ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar