– भानु सुनुवार

यति धेरै मायाँ दियौ, बाँच्न मन लाग्यो,
भए जति पीडा भुलि, हाँस्न मन लाग्यो !
मायाँ फाट्दा रोको थिए, हारे मैले भनि,
सधै हार्छु भन्ने शंखा, भाँच्न मन लाग्यो !

हिजो जस्तै भोलि पनि, टुट्ने होकि मन,
एक पल्ट कसी राखि, जाँच्न मन लाग्यो !
विना स्वार्थ मायाँ दिने, तिमी कति दानी,
तिम्रै लागि बाँकि खुशी, साँच्न मन लाग्यो !

फुल्छ होला खुशी अब, बुकि फुले सरि,
फुल्ने जोश मुटु भित्र, टाँस्न मन लाग्यो !
तिम्रो न्यानो मायाँ भित्र, नयाँ आशा पाँए,
तिमी सँगै चोखो नाता, गाँस्न मन लाग्यो ।।

रचनाकाल : १ जुलाई २०१०

दोहा, कतार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *