– भानु सुनुवार

अलि कति आश देखायौ जंघार तरेरै आँए
काँडे तारको बार नाघ्न साहस भरेरै आँए ।

हेरी रहुँ लाग्छ मलाई तिम्रो हसिलो मुहार
धित मारेर हेर्न भनि बसाई सरेरै आँए ।

असल साथी खाँचो पर्छ सुखी जीवन जीउन
तिम्रो खुशी फूलाउ भन्दै सुवास छरेरै आँए ।

तिम्रो दिलमा बसि सके भूलभए माफ गर
ज्यान गए जाओस बरु नफिर्ने गरेरै आँए ।

तिमी जस्तो मनकी धनि धरतीमा अरु छैन
साँचो मनले मायाँ गर्ने अभाव परेरै आँए ॥

रचनाकाल : ४ जुलाई २०१०दोहा कतार ।
savar from: FB

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *