– इजम सुरेन
केटाः
मलाई पनि मन थिएन तिम्लाई छाडी विदेसीन
कस्तो हुन्छ भन्देउ मलाई म बिना एक्लै जीउन
केटीः
मलाई पनि मन थिएन तिम्लाई पठाइ एक्लो बस्न
धेरै गाह्रो हुदो रैछ तिमी बिना जीवन जीउन
मेला पात घाँस दाउरा वन पाखा बेग्लै भए गाउ घर
छर छिमेकमा तिमी बिना एक्लो भए
केटाः
यस्तै हुन्छ दुःख सुख सबै कुरा जान्नु पर्छ
बेवारीसे जीवनलाई एक्लै आफै सम्हाल्नु पर्छ
केटीः
सबै विते अतित भए सबै कुरा छोडीदेउ
धेरै पछि तिमी आयौ अव हामी सँगै जीउ
दुबैः
जीबन आखिर के नै होर दुइ दिनको घाम छाँया
सुख दुःख बराबरी जनम भरलाई भो हाम्रो माया
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar