– खगेन्द्र पन्धाक लिम्बूआड लाग्ने तिम्रो-मेरो भित्ता बेग्ला-बेग्लै
गरी खाने तिम्रो-मेरो कित्ता बेग्ला-बेग्लै
एकै बाटो, एकै साथ हिंडे पनि कठै
मरे पछि तिम्रो-मेरो चित्ता बेग्ला-बेग्लै

उही धर्ती, उही गह्रा, माटो खेल्ने हामी
खने-जोते तिम्रो-मेरो सीत्ता बेग्ला-बेग्लै
समाज र परिवार उस्तै भए पनि
वर्ग नाप्ने तिम्रो-मेरो फित्ता बेग्ला-बेग्लै
मानवता,समानता होला बराबरी
पसिनामा तिम्रो-मेरो बित्ता बेग्ला-बेग्लै
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *