– भूपि शेरचन

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
न्यहाँ जो बस्छ
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्र

यहाँबाट जो जान्छ
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छ
न्यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ
यो चारभञ्ज्याङ् खाल्टो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *