– आत्माराम दाहाल
मैले मेरो देश बिर्सें
मैले मेरो भेष बिर्षें
सम्झेको पो भए के नै गर्थे र ?
देश जान मन लाग्थ्यो होला
सायद जान्थें
फेरी उही चोकको चक्कर
चिया पसलको फकिर
तास खालको बास
अनि देशलाई फेरि थप भारम मेरो देशमा काम गर्न लाज मान्ने
परदेशमा कुल्ली हुन रमाएको छु
थाह छैन् मैले ठीक गरें वा वेठीक
साँचै मैले मेरो देश बिर्सें ।
भोकमा आमा भनेर के गर्नु ?
भाँडामा भातको सीतो छैन्
अभावमा बाउ भनेर के गर्नु ?
गोजीमा पैसाको कञ्ची छैन् ।
मैले मेरो भेष बिर्षें
सम्झेको पो भए के नै गर्थे र ?
देश जान मन लाग्थ्यो होला
सायद जान्थें
फेरी उही चोकको चक्कर
चिया पसलको फकिर
तास खालको बास
अनि देशलाई फेरि थप भारम मेरो देशमा काम गर्न लाज मान्ने
परदेशमा कुल्ली हुन रमाएको छु
थाह छैन् मैले ठीक गरें वा वेठीक
साँचै मैले मेरो देश बिर्सें ।
भोकमा आमा भनेर के गर्नु ?
भाँडामा भातको सीतो छैन्
अभावमा बाउ भनेर के गर्नु ?
गोजीमा पैसाको कञ्ची छैन् ।
कसलाई पो रहर लाग्ला आमा छाड्न
कसलाई पो माया नलाग्ला बाउ छाड्दा
आमा बाउ बिर्सेर म टुहुरो बाचेको छु
थाहा छैन् मैले ठीक गरें वा वेठीक ।
साँचै मैले मेरा आमा बाउ बिर्सें
बाजेले सिर्जेको बुढो झुपडी अंश लाएर
हामी खेलेको आँगन निलकाँडाले बेरा लाएर
कसरी भविष्य उघार्न सकिन्छ
कसरी देश उकास्न सकिन्छ
मैले मेरो देश बिर्सें मेरा आमा बाउ बिर्सें ।।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar