– भानु सुनुवार ‘तिरस्कृत’

खुशी फूल्दा मनैभरि, बसेर गयौ
मायाँ गर्ने बहानामा, डसेर गयौ ।

घामपानी हो जिन्दगी, भूल्यौ निष्ठुरी,
केहि पाउने आशमा, फसेर गयौ ।

इमान जमान ठुलो, सम्पति भन्दा,
इमान बेचि स्वार्थमा, खसेर गयौ ।

जूनिभरि साथ दिने, आश देखायौ,
मेरो मुस्कान पोल्टामा, कसेर गयौ ।

तिरस्कृत भयौ अरे, चारैतिर पो,
किन धेरैको दिलमा, पसेर गयौ ॥

भानुको फेसबुकबाट साभार

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *