– वृत्त आधार
तेलखानी बिनाको नेपाल
आज इराक हुनु परेन,
बारुदको तुवाँलोभित्र रुमलिनु परेन,
हिटलरी दमनभन्दा दर्द मूलक
भयंकर अमेरिकी सेनाको
पदचापद्वारा कुल्चिइनु परेन,
तर

साम्राज्यवादीका कमाराहरु
ठमेलमा-
मिनी टोकियो बनाउँदैछन्,
मिनी मेक्सिकोको बिस्तार गर्दैछन्,
मिनी भियतनाम पस्कँदैछन्,
अफ्गानिस्तानहरु रोप्दैछन्,
कस्मिरका बिरालाहरुलाई दूध चटाउँदैछन्,
बिहार स्पर्श गराउँदैछन्,
तस्लिमाहरुमाथि पटक-पटक बलात्कारका प्रयासहरु गर्दैछन्,
आङ्साङ सुचीहरुलाई अझ जन्जीर कस्दैछन्,
अनुराधाहरुलाई ब्यस्त बनाइरहेछन्,
अनि
मोफसलमा
रुवाण्डा
नाइजेरिया
सेरालियोन
सोमालिया
बोस्नियाहरु
हाइटीहरुको
बृतचित्र स्मरण गराउँदै
क्युबियन बास्पिकरणको भ्रमित समीकरण
मस्तिष्कमा पालेर
मिजुरम
गोर्खाल्याण्ड
तामील
खम्पा
मृगतृष्णाहरु बिउँताइरहेछन्
धन्न !
तेलखानी बिनाको नेपाल
जर्ज बुसहरु खेप्नु परेन
सद्दामहरु जन्मिनु परेन
तर के भो र ?
ठमेलहरु
ईराकै नभए पनि
धार्मिक त्रिशुलहरुद्वारा डामिनुपरेकै छ,
जर्जर्तालाई सहन गर्न परेकै छ,
तानाशाहहरुलाई जन्म दिन निरन्तरता प्रदान गरेकै छ,
शोषितहरुमाथि पीडाहरुको धाराबाहिक प्रवाह गर्न सफल भएकै छ,
साँच्चै नै,
तेलखानी भएको जस्तै नै नेपाल, देखिन थालेको छ
बर्लिनका पर्खालहरु पुनः उठाउन खोजेझै देखिन थालेको छ
सँग-संगै मोफसलहरु पनि
धमाधम
ठमेलहरुतिर रवाना भैरहेकै छ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *