– भानु सुनुवार ‘तिरस्कृत’

मलाई दुख्दा आँसु, झार्नेको खोजीमा छु,
विपत पर्दा पारी, तार्नेको खोजीमा छु ।

घमन्ड गर्छ आँखा, आफैले जितु भन्दै,
मैले जित्दा खुसीले, हार्नेको खोजीमा छु ।

मान्छेको मन त हो, बहकिन्छ क्यै बेला,
बहकिदा यो मन, बार्नेको खोजीमा छु ।

बन्जर भयो छाती, मायाँ मौलाएन है,
ममता हाली प्रित, सार्नेको खोजीमा छु ।

अतालिन्छ यो मन, सपना साँधुरीदा,
मेरै लागि सपना, खार्नेको खोजीमा छु ।

गलत बाटो लाग्दा, सत्मार्ग देखाउदै,
दुबै लोक स्वर्णिम, पार्नेको खोजीमा छु ॥

रामेछाप, रामपुर-८ नेपाल
हाल- दोहा, कतार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *