– बिष्णु नेम्बाङ सुब्बा
हात भएकाहरु
खोरोन्ड़ो भएका छन्
खुट्टा भएकाहरु
लङगडो भएका छन्
आँखा भएकाहरु
अन्धो भएका छन्
कान भएकाहरु

बैरो भएका छन्
जिब्रो भएकाहरु
लाटो भएका छन्
आइमाईहरू यहाँ
यस्तै भएका छन्हात भएकाहरुले त
धर्ती उचाल्नु पर्थ्यो
खुट्टा भएकाहरुले त
सगरमाथा चढ्नु पर्थ्यो
आँखा भएकाहरुले त
जून देख्नुपर्थ्यो
कान भएकाहरुले त
आवाज सुन्नुपर्थ्यो
जिब्रो भएकाहरुले त
मुक्ति गीत गाउनु पर्थ्यो
अहँ, कतै केहि भएको छैन
आइमाईहरू यहाँ
यस्तै भएका छन्
हे महामानव लोग्नेहरू
तपाईहरुको महाजय होस् ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *