– बिमल निभा


देश जनताको नाम हो
जनता सङ्घर्षको नाम हो
सङ्घर्ष बलिदानको नाम हो

सबै प्रेमको नाम हो
प्रेम अर्थात् देशको नाम हो
देश अर्थात् समानताको नाम हो
समानता अर्थात् प्रगतिको नाम हो
प्रगति अर्थात् न्यायको नाम हो
न्याय अर्थात् देशको नाम हो
तिमी जुनसुकै नाम चुन
प्रेम, समानता, प्रगति वा न्याय
सबै स्नेहको नाम हो
स्नेह अर्थात् देशको नाम हो
देश अर्थात् जनताको नाम हो
जनता अर्थात् सङ्घर्षको नाम हो
सङ्घर्ष अर्थात् बलिदानको नाम हो
बलिदान अर्थात् मुक्तिको नाम हो
मुक्ति अर्थात् देशको नाम हो
देश अर्थात् चेतनाको नाम हो
चेतना अर्थात् एकताको नाम हो
एकता अर्थात् अठोटको नाम हो
अठोट अर्थात् युद्धको नाम हो
युद्ध अर्थात् देशको नाम हो
तिमी जुनसुकै नाम चुन
चेतना, एकता, अठोट वा युद्ध
सबै जीवनको नाम हो
जीवन अर्थात् देशको नाम हो
देश अर्थात् शोषित्-पीडित जनताहरूका
पक्षमा लड्ने वीर योद्धाको नाम हो
योद्धा अर्थात् अधिकांश देशवासीहरूलाई प्यारो लाग्ने
एउटा साहसी बन्दुकको नाम हो
बन्दुक अर्थात् त्यसको नालमा सिउरिएको
एउटा रातो गुलाबको फूलको नाम हो
रातो गुलाबको फूल अर्थात् देशको नाम हो
बलिदान मुक्तिको नाम हो
मुक्ति देशको नाम हो
तिमी जुनसुकै नाम चुन
जनता, सङ्घर्ष, बलिदान वा मुक्ति

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *