-जयराम तिमल्सिना
सन्धाको घाम
क्षितिजमा हराउँदा
एकलासमा
यी लाइनहरू लेखिरहेछु
आँखाको सामीप्यमा
एउटा युग
बहुरुपमा उम्रिन्छ ।

प्रत्येक चेतक बिम्बहरु
फर्कन सक्दैनन्
भाँचिएका मनहरुसँग
ईश्वर जो अन्योलमा
आकुल भई
आर्तनाद गर्छ
त्यतिबेला ईश्वर स्वयं
एउटा मान्छे हो ।

तिम्रा स्तुति गाउने
हज्जारौँ मनहरू
देखिरहेछु ।
मेरो अन्तर्मन
विद्रोहमा छ
यस युगप्रति नै
उज्यालोदेखि तर्सेर
खडा गरिरहेछन् मनका पर्खालहरु
म देखिरहेछु
अखबारहरुमा
तिम्रा बाटाहरु
अन्धकारका पेटी उक्लिरहेका छन् ।

आकाशको विशालता बिर्सेर
नमीठो हाँसोको
जलप लागिरहेछ
तिम्रा ओठहरूमा
एउटा गोरेटो बाटो
रोकिन्छ
तिम्रो पर्खालको छेउमा
मसँग पश्नहरुका पर्खालहरु छन्
मलाई थाह छ
पर्खाल नै तिम्रो बाटो हो
र पर्खालमा नै तिम्रो बाटो छ।

बागबजार, काठमाण्डौं ।
जयराम तिमल्सिनाको फेसबुकबाट साभार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *