– खेमनाथ पौडेल


यसपालीको यात्रा मेरो भिन्न खालको थियो । यो भन्दा
पहिला यात्राको दौरानमा परिचित ठाउँ र व्यक्तिहरुको
वाहुल्यता बढी हुने गर्दथ्यो भने यस पटकको यात्रा
विलकुलै नौलो र नयाँ ठाउँको थियो । गत अप्रिल २३,
२०१० भर्खरै नेपालको नयाँ बर्षको आगमन भएको थियो
र यही नयाँ बर्षलाई लक्षित पारी यो यात्रा तय गरेका
थियौ । फेसबुक पनि अचम्मकै हुदो रैछ यही फेसबुक
मार्फत यो यात्रा तय भएको थियो ।


विहानको झिसमिसे उज्यालोमा करिव ५ जना साथीहरु यात्राको गन्तब्य तिर निस्कियौ । विहानको ८ बजे दुवईबाट ईन्टरनेश्नल सिटी हुँदै हाम्रो यात्रा लम्कियो । उक्त सिटीबाट करिव १५ जना नयाँ अनुहारका यात्रीहरु यात्राकोलागि तयार रहेछन् । अपरिचित भएको कारण हाई हेलो मात्र भयो तर परिचित हुन समय लाग्यो । पहिलो पटक उक्त ईन्टरनेश्नल सिटीमा पुगेको थिए अचम्म लाग्यो विभिन्न देशका डिजाईनका भवनहरु थिए । विहानीको समय तेजीलो सुर्यको प्रकाश गाडीको सीसामा सिधै ठोकिएको थियो । उक्त स्थानबाट हाम्रो यात्रा सारजाहको नेस्नलपेन्ट स्थल तिर दौडीयो । करिव ६ जना साथीहरु हाम्रो यात्रामा साथ दिन विहानै देखी पर्खिरहेका रहेछन् । ढिला नगरी उनीहरुलाई पनि यात्रामा सामेल गर्दै गाडी अगाडी बढ्यो । थाहा थिएन यात्रा कहाँ सम्म को हो भनेर केवल डिब्वा भन्ने ठाउँको नाम थाहा थियो । जव हामी सारजाहलाई छोडी फुजेरा तर्फ बढयौ उहि दृश्य आँखाको अगाडी आयो । सुख्खा मरुभुमी अनि झयाङ्गिएका रुखहरु । परिचित साथीहरु एक आपसमा कुराकानी गर्दै ठट्यौली गर्दै थिए भने म वसको अगाडी बसेको कारण साथीहरुसँग परिचित हुन पनि सकिएन र मेरा साथीहरुसँग बसेर कुराकानी गर्न पनि पाईन । साथीहरु भन्दै थिए शुक्रवार बजार अर्थात फ्राईडे मार्केट रोकी नास्ता गर्ने भनी, शुक्रवार वजार राख्नुको कारण के भन्दै साथीहरु एक आपसमा प्रश्नहरु तेर्साए पनी । सायद शुक्रवार मात्र खोल्ने भएको कारण पनि हुन सक्छ नाम यही रहेको ।

वरीपरी सुख्खा पहाड, पहाडको खोचमा खर र वासँका कप्टेराले बनाईएका कच्चि वजार, वजारको पछाडी खोल्सो लाग्थ्यो त्यो ठाउँ नौविसे, मुग्लिङ्ग, आदी ईत्यादी । यात्रीहरु थकाई, प्यास अनि भोक मेटाउन उक्त सुक्रवारको बजारमा ओर्लिए, केराका घारी, भुईकटर, सुन्तला, मकै, सखर, आँप, मुखै रसाउने ताजा फलफुल, मेरा आँखा वरीपरी घुम्न थाले यो बजार नेपालकै घाट बजार त हैन भनेर आफैले आफैलाई प्रश्न तेर्साए । आखीर यो त मरुभुमीको बिचको वजार हो, तर पनि नेपाललाई नै विर्साई दिने । ताजा ताजा उसानेको मकै भर्खरै वाफ उडिरहेको देखियो । आहा कस्तो मिठो सबैको हातमा मकैको घोगा तेर्सिए । हरियो खुर्सानीको अचार सँगै मकै यति मिठो भयो कि गाँउ घरमा खेतला जाँदाको क्षणलाई झर्लक्क सम्झाईदियो । करिव नेपाली १०० पर्ने मकै अति रसिलो थियो । कोहि मित्रहरु भन्दै थिए वेलुका फर्कने बेलामा पनि यहि बाटो आउने र मकै फेरी खाने ।

करिव ३० मिनेटको वसाई पछि यात्राको क्रम जारी भयो अब भने वाहिरी दृश्य अति रोचक र सुन्दर देखिन थाल्यो डाँडा काडाँले, नेपालकै यात्रालाई विर्साउन थाल्यो । वरीपरी डाँडा विचमा साँगुरो सडक लाग्थ्यो बाग्लुङ्ग जाने सडक पो होकी । विचमै यात्रा रोकियो समथल मैदान रहेछ अर्को यात्रीवस पनि रोकिएको थियो । जव हामी समथल भागको छेउमा पुग्यौ तल फेदीमा काली गण्डकी जस्तै देखिने सुख्खा खोला देखियो भने तिरमा गोरेटो बाटो, त्यो माथी पहाड अनि सम्म फाँट, पर्वत जिल्लाको पाङ्ग नुवार र वाग्लुङ्ग जिल्लाको सदरमुकाम वाग्लुङ्गको बिचमा पर्ने मालढुङ्गाको दृश्य लाग्थ्यो । एक आपसमा विभिन्न पोचमा फोटाहरु लिई यात्रीहरु अगाडी बढे । डिब्बा अझै ६७ किमी देखाएको थियो । हाम्रो अन्तिम गन्तब्य पनि त्यही डिब्बा थियो जहाँबाट हामी पानीको यात्रा गर्न सुर कसेका थियौ । ओरालो अनी भिरालो पक्की सडक रहेछ । दुवई र ओमानको वोडर डिब्वा सम्म पुग्न दुवईबाट करिव ३ घण्टाको यात्रा गर्नु पर्ने रहेछ । प्रवासमा ३ घण्टाको यात्रा गर्नु भनेको धेरै थियो । करिव ११ बजे डिब्बाको बोडरमा पुगका थियौ सबै जना । यो पार गरेपछि ओमानको भुमीमा टेक्ने साथीहरुले बताएका थिए । सामान्य चेक गरयो, सबैसँग आईडी भएको हुनाले कसैलाई पनि गाह्रो भएन ओमान छिर्न । समुन्द्रको छेउमा गाडी घ्याच्च रोकियो, सबै यात्रीहरु ओर्लिए, परैबाट एक जना अरबी हात हल्लाउदै आयो उही रहेछ मदानी भन्ने व्यक्ति जस्ले हामीलाई पानी माथीको यात्रामा सहभागी गराउदै थियो । सलाम वालेकम् भन्दै साथीहरु उसँग पनि फोटो खिचाउन मस्त भए । उसले हातको ईसाराले देखाउदै हामी जाने सिप देखायो । सबै सथीहरु एक एक गरी उक्त सिपमा फोटाहरु खिचाउदै लागे । करिव ५ जना महिलाहरु पनि थिए । जव सबै यात्रुहरु सिपमा पुगे अनी त्यहाको वातावरण अर्कै बन्यो । अरबीक ईस्टाईलको बस्ने स्थान, हरीयो कापेर्ट, । केही क्षण पछी सिप त्यहाँबाट छुट्यो, साथीहरु हातमा क्यामेर निकाल्दै क्लिक क्लिक गर्न थाले, मोवाईलमा टिङ्ग टिङ्ग गर्दै म्यासेज आउन थाल्यो, स्वागत ओमानमा भन्दै । भिर पाखामा ट्याक्टरमा चढेजस्तै कहिले दायाँ त कहिले बाँया कोल्टिदै सिप पहाडको विच भागबाट अगाडी बढ्यो । साथीहरु म्यूजिक सिस्टम तयार पार्दै थिए भने अन्य साथीहरु बाहीरी दृश्यलाई अवलोकन गर्दै थिए । जव रिमिक्स गीत बस्न थाल्यो तब साथीहरु एक आपसमा ठोक्कीदै नाच्न थाले । जिउ हल्लाए मात्र पुग्ने अरु ताल हल्लिएर आफै उत्पन्न हुने । सिप को वरीपरी सुख्खा डाँडा र निलो समुन्द्रको पानी बाहेक केही देखिदैनथ्यो । पहाड हरियाली भएको भए नेपालको फेवातालको झल्को दिन्थ्यो । विभिन्न भाकाका गीतहरु घन्की रहेका थिए भने पालो गरी गरी सबै जना नाच्नमा व्यस्थ थिए । समय वितेको थाहा नै भएन कसैलाई पनि । करिव २ घण्टा समुन्द्रको यात्रा पछि एउटा डाँडाको फेदीमा अन्य सिपहरु पनि रोकी राखेको देखियो । उक्त सिपमा यात्रुहरु कुनै डर नमानी समुन्द्रमा हाम फालीरहेका थिए । मेरा नजरहरु त्यतै गईरहेको थियो, मेरै छेउबाट एक जना साथी फुत्त समुन्द्रमा हाम फाले मलाई डर पनि लाग्यो अनि फर्केर हेरे आफुसँग यात्रा गरेका मित्र रहेछन् उनीमात्र होईन अन्य मित्रहरुपनि यसरीनै समुन्द्रमा कुदे । म लगायत केही अन्य मित्रलाई भने यो ठाउँ उचित लागेन । केही टाढा देखिएको खाली मैदान, पहाडको फेदी त्यहाँ अन्य यात्रीहरु पहिलानै पुगीसकेका थिए । करिव १२ जना जति सानो बोटबाट त्यतारित हुईकियौ । हातमा जुत्ता समाउदै सानो बोटबाट तल हाम फाल्यौ । समुन्द्रको छेउमा पुग्दा खुट्टामा शंखे काँडा विझयो । पहाडको फेदीमा दुईवटा सानो घर थियो, दुई चार वटा बाख्रा अनि लोकल कुखुरा, मनमा काउकुती लागेर आयो को बस्दछ होला यस्तो उराठ लाग्दो ठाउँमा । आँ जोसुकै बसोस भनी कपडा खोलीवरी समुन्द्रमा पौडी खेल्न गयौ । पानी सँङ्गलो थियो, अझ सम्म ज्यान मात्र डुवाएको थिए हैन सबै डुवाउनु प¥यो भनी टाउको पानीमा के डुवाएको मात्र थिए, नुनको भाँडोमा मुख गाढेजस्तो भयो, अचम्म लाग्यो पानी हेर्दा राम्रो थियो तर नुननै पगालेर मिसाएको जस्तो भान भयो । पौडी खेल्ने जुन जाँगर थियो त्यो हरायो । सबै साथीहरु समुन्द्रको विचभागमा पुगीसकेका थिए तर म भने छेउमा आए ।

विभिन्न किसिमका पोचमा फोटाहरु खिच्दै समय वित्यो । करिव १ घण्टा त्यस ठाउँमा वितेछ थाहा नै भएन । सुरुमानै देखिएको ति दुइवटा घरबाट एक जना अर्धवैसे मान्छे तल झ¥र्यो मैले सोधीहाले कताको हो भनेर उस्ले भन्यो वंगलादेशको । अनि उसलाई ठाउँको बारेमा पनि सोधे यो ओमानमा पर्दछ । मेरो साहुँ ओमानमा छ महिनाको १ पटक आउँछ, म एक्लै यहाँ बस्ने हो भन्दा मेरो जिउ सिरिङ्ग भएको थियो । त्यतिकैमा कुखुरी काँ गरी लोकल कुखुरा बास्यो , सायद रातामा र दिउसमा उसको साथी तिनै लोकल कुखरा र बाख्राहरु थिए होलान् , नाम फ्यासल वताउदै उसले के को डर मलाई लाग्दैन, खानेकुरा डिब्बामा गएर ल्याउछु भन्यो । धन्य रहेछस् यस्तो ठाउँमा एक्लै बस्ने मनमनै विभिन्न कुराहरु खेलाउदै त्यहि सानो बोटमा सबै जना सिप तिर लाग्यौ । अन्तिम ट्रिप भएको हुनाले उक्त बोटको डाईभरलाई अलीपर सम्म लानको लागि अनुरोध गरे साथीहरुले । सायद त्यो समयको आनन्द अरु समयमा थिएन क्यार । करिव दिनको ३ बज्दै थियो साथीहरु बल्ल खाना खाने व्यवस्था गर्दै थिए । करिव १ घण्टा समुन्द्रको विचमा खाना खाई फेरी अर्को स्थानमा जाने निधो भयो । यही मौका छोपी सबै साथीहरु एक आपसमा परिचित हुन पाए । आआफ्नो परिचय दिने क्रममा प्राय जसो सिभिल ईन्जिनियर पेशामा कस्ट्रक्सन कम्पनीमा आवद्ध भएका रहेछन् ।
समयले कति छिटो नेटो काटेछ थाहा भएन । घडिको सुई तिनलाई नाघ्दै थियो, भित्रबाट उक्त सिपको डाईभर हार्वोनियम लिएर निस्कियो अनि मिठो भाकामा संगित निकालेर सबैयात्रीलाई एकक्षण भावुक बनायो । साथीहरु भने अझै नाच्न र फोटाहरु चिन्नमा व्यस्त थिए । साँझ ५ बजे जसरी पनि वोडरमा पुग्ने भन्ने साथीहरुको भनाई आयो । अनि त्यहाँबाट फेरी उहि पानीको बाटो हुँदै फिर्ता भयौ । विच बाटोमा आएपछि फेरी अर्को ठाउँमा साथीहरु पौडीन थाले । ल है यहाँ पनि मज्जा गर्नू पर्दछ, फोटाहरु लिनु भन्दै कराउन लागे । उनिहरु समुन्द्रमा हाम फाल्दा पानीको छिटाले निथ्रुक्क रुझाउथ्यो भने क्यामेरलाई पानीबाट जोगाउन मुस्कील पर्दथ्यो । करिव १ घण्टा उक्त स्थानमा पौडी खेली साथीहरु रमाईलो गरीरहे । घाम समुन्द्रको छेउमा उभिएका नाङ्गा डाँडामाथी पुगेका थिए । किरण समुन्द्रको सतहमा ठोक्कि यात्रीहरुको आँखामा परेको थियो । डाईभरले जाऔ अब भन्दा पनि यात्रीहरु टेरीरहेका थिएनन् ।

करिव साँझको ५ बजे निर्धारीत समयमानै सबै यात्रुहरु डिब्बामा पुगे । पछाडी एक हुल सानो बोटमा वा वा गर्दै आईरहेको देखियो उक्त बोटमा करिव १० जना जती अरबी पोशाकमा थिए । उनीहरलाई हात हल्लाउदै अन्तिम फोटा खिचाउन थाले । यात्रामा सामेल भएका साथीहरुको साथमा फोटो खिच्दै यात्रालाई अन्त्य गर्दै थियौ । एउटा सिपबाट अर्को सिपमा जानु पर्ने बाटो अप्ठेरो थियो म अनि मेरा साथीहरु पछाडी थिए । मेरो मन स्थिरमा थिएन सरासर अगाडी बढे तर मेरा दुवै खुट्टा सिपको विचमा फस्यो । खोच्याउदै खुट्टा निकाले एकैक्षणमा खुट्टा सुनिन थाल्यो दुखे पनि नदुखेझै गरी साथीहरुको पछाडी लर्याङ्ग लर्याङ्ग गर्दै हिडे ।जब हामी बोटबाट बाहिर निस्कियौ एक हुल काला बुर्का लगाएका महिलाहरु आए । उनिहरुलाई नियालेर हेरे एक जना मित्रले त्यसरी नहेर्नु पनि भने । मलाई त्यो दृश्य अति मनमोहक लाग्यो अनि टाढैबाट फोटो खिचे ।

ओमानबाट दुवई फर्कने समयमा भने त्यति रमाईलो भएन साथीहरु थाकेर लखरतन्नान भएका थिए । साँझको समय घाम डाँडामाडुब्दै गरेको दृश्य अति मनमोहक देखिन्थ्यो । सडकका पेटीमा ठिङ्ग उभिएका निर्जिव दुई आँखा पुर्लुक्क खोल्दै सडकलाई उज्यालो प्रकाश छर्दै थियो ।

(यूएई)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *