1. यात्रा                                                             -बिबश बिप्र
भुत्ते झम्पलहरु !
अब गाडीनेछैन
मन बाँध्ने कीलो !
बाटिदैँन दाम्लोपनि अब !
अन्तर्मनको लहलहीमा
बिरौलिएको कोपिला-प्राण
अब जाग्यो/जागिसक्यो !

लु,
मन्त्री भएको घोषणा गरौँ !
हिंड्नुछ एक मुर्त यात्रामा
सहयात्रीहरुको खोजी गरौँ !
स्व-मन अकाट्य रानो !
देखिसक्यो क्षितिजको प्रारुप
होस्,
लगाम उधारो
याद रहनेछ !
बाटो खोजियो/खोजीसकियो !
रंग-भेद रगतमा हुंदैहुँदैन
छेकिन्छ रक्तिम बाछिट्टा अब !
होस् न बर्षात लौ अब !
हामी हिड्यौ/हिडिसक्यौँ !
प्राप्ती एलानी हुनैपर्छ-
चाँहीन्न पृष्ठ-पोषण
धनीपुर्जाको !
आउ मेरा सु-पुन्जहरु-
साझा धर्तिको उजागर गरौँ !
जीवन सरकारी हो– एक भाषण गरौं !!
==============================

2. मेरो जन्मदिन

समय—अजिङगर
आधाउधी निलेपो छ
सग्लो मलाई /
प्रयाश हैन कर्म गरे !!
समय,
अब ”म-पुरै” निल /
कारण !!
आज मैले आमा जन्माए !!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *