– बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’

सिरेटोलाई सिरकले छोप्न नपाउदै
सपनाको गोरेटोमा ढुक्न नपाउदै
आजको तयारीमा उठ्नु छ
जागिरको लागि फेरी कुदनु छ
कपडा तन्काउ-बत्ती छैन
अनुहार चम्काउ -पत्ती छैन
जेनेरेटर घन्काउ -हुत्ती छैन
म जागिरे मात्र जागिर छ

तेल
नुन
ग्यास
मोजा
जुत्ता
कपडा
केही न केहीको अभाव सधैं छ ।
जागिरेको पीडा नेपालमा हदै छ ।।
दुई गास ओडारमा राखेर
हतार-हतार म जागिर पचाउनु
लाइनमा/भिडमा सामेल हुन्छु ।
यता/उता चोटले घायल हुन्छु ।।
बस
माइक्रो
सफा टेम्पो
सबैमा झुण्डिएर भए पनि यात्रा गर्नु छ
जागिरे म हरेक चोटले सबको जात्रा भर्नु छ ।।
पुगेर कर्म थलोमा
बिहानभर
दिनभर
साझसम्म
धुलो,फाइल र थोत्रा दराजमा
कम्प्युटरको प्रिन्टरमा आफु छापी रहे ।
चिप्लेकिरा झै जागिरमा आफु नापी रहे ।।
फर्किदा
घरतिर म जागिरे उस्तै सास्ती बोकेर
काठमाडौंको बिषादी आफूभित्र धोकेर
अडेस/मडेस गर्दै भिडहरुमा
कहिले भाग्यले सिटमा रमाए ।
नत्र सधैं जसो उभी डण्डी समाए ।।
जाममा
काममा
डाममा
म सधै जागिरे अनवरत सघर्षमा हुन्छु
हासी खुशी लोकाचार हो म सधैं रुन्छु ।।
कोठाको दिवार नाघेपछि
उही सुस्केरा उही सन्ताप टार्ने कोशीस गर्छु
छोरी
छोरा
श्रीमती
आँफैको अवस्था हेर्दै
आफ्नो सारा पीडा थाप्लोमा हात राखी झार्ने कोशीस गर्छु ।।

मिति:०६७-०६-०४
स्थान:गाउ निगाले
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *