– हरि मानन्धर ‘विवश’
थुप्रै नेपाली साधिकाहरू आत्मज्ञान सिकाई सकेर आमसभा गर्दैछन् । कैयौ वर्षको तपस्यामा सिकेका ज्ञानहरूलाई जनमानससम्म पुर्याउने उद्देश्यले राखिएको उक्त काठमाण्डौको खुल्लामञ्चमा नै आमसभा हुँदै रहेछ । निकै मानिसहरूको भीडमा परिवर्तनको खुड्किलो कस्तो हुँदोरहेछ भनेर सभाको एकछेउमा बसेर कान ठाडो बनाएर सुन्दै थिएँ । आमसभामा बोल्नेहरूले नारीसम्मान र नारी महत्त्वका बिषयमा जोडतोडका साथ फलाकिरहेका थिए । यस्तैमा महिला साधिकाको पालो आयो । अनि उनि भन्न थालिन् – “महिला कुनै पुरूषको जुत्ता होइन, महिला कुनै पुरूषको दाषी पनि होइनन्, महिला सजाएर राखिने कठपुतली पनि होइनन् र महिला सुन्दरता बेचविखन गर्ने थलो पनि होइनन् ……….. ।” उनिले यति के भनेकि थिइन् मेरो दायापट्टि बस्ने एकजना भलादमीले कानेखुशी गर्न थाले । तिनै भाषण गर्ने महिला साधिका त हुन नि अस्ति भएको मिस नेपालको कार्यक्रममा अतिथि बनेर गएकी । अनि मिस नेपाललाई“तिमीले मिस नेपाल बनेर नेपालीहरू मात्र होइन विश्व समुदायमा महिलाहरूको शीर उँचो पारेकि छौ” भनेर प्रशंसा गर्दै थिइन् । म अवाक् उनीहरूको कुराहरू चुपचाप सुनिरहेँ ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar