खेमनाथ पौडेल
सरिता बालकृष्णको जेठी छोरी हुन् । ३ बर्षको हुँदा दैवले आमालाई चुडेर लग्यो । साथमा एक बहिनी पनि छिन् रिाजता । अनि बुढी हजुरआमा गरी जम्मा ४ जनाको बालकृष्णको सुखी परिवार छ । नेपालको एक अति दुर्गम् जिल्ल्ाँमा सामान्य खेती किसान गर्दै त्यो सानो परिवारको गुजारा चलाई राखेका छन् । बाहीरी कुनै नोकरी नभएतापनि प्रसस्त जग्गा जमिन भएको कारण आफुलाई आवश्यक

अन्नबालीबाट भएको अन्न बिक्री गरी घर ब्यवहार धान्दै आईरहेका छन् बालकृष्ण । सरिता सानै देखि हट्टा कट्टा मोटी डम्म परेको ज्यू डाल थियो । गाउँ घरका सम्पूर्ण छिमेकिहरुमा उनी आँखाकै नानी झै भएकी थिईन् सबैले उनलाई प्यारो नाम सरु भनि बोलाउने गर्दथे । सानै देखि आमाको मायाँ खोसीएकी सरु र रिाजता आमाको मायाँको कुनै कमि हुन दिएनन् बुवा बालकृष्ण र हजुर आमाले उनिहरु दुई बहिनीलाई आमाले दिने मायाँ भन्दा पनि बढि बुवा र हजुर आमाले दिदै आउनु भयो । छोरीहरुले भनेको र उनिहरुले चाहेका कुनै कुराहरु बुवाले जसरी पनि पुर् याउनु हुन्थ्यो । त्यहि नजिकै एक माध्यामिक बिद्यालयबाट एस।एल।सी उत्तिर्ण गरेकि सरिता घरमा बुढा बुवा अनि बुढी हजुर आमाको रेख देखको कारण त्यहाँ भन्दा बढि पढ्न सकिनन् । सानैमा घर ब्यवहार सम्बन्धि सम्पूर्ण कुराहरु ब्यहोरी सकेकी सरिता बुवालाई हरेक कुराहरुमा सघाउँथिन् । बुवालाई छोराको कुनै महशुस हुँदैनथ्यो त्यसैले होला बालकृष्णले चाहाना हुँदा हुदैपनि अर्को बिवाह नगरेका । बालकृष्णलाई गाउँका धेरै ब्यक्तिहरुले बिवाह गर्ने राय सल्लाह पनि दिएका थिए तर उनले बिवाह गरेनन् । मेरा छोरा भने पनि छोरी भने पनि यिनै दुई छोरी हुन् । यिनीहरुलाई दुःख भएको हेर्न म सक्दिन । उनको खरो जवाफ थियो । यसरी समयले कोल्टो फेर्दै गयो । सरिता १८ पुगेर १९ बर्षमा प्रवेश गरिन् । बालकृष्णका कान्छा भाइ जनार्दनकी छोरी यसोदा अर्थात सरिताकी बहिनीको त्यहि नजिकै अर्को गाउँमा बिवाह भयो । आफु भन्दा सानी बहिनीको बिवाह भईसक्दा बालकृष्णलाई अलि नराम्रो लाग्यो कतै मेरी छोरी बढि उमेरकी हुने त होईन भनि बालकृष्णले चिन्ता गर्न थाले । सरितालाई माग्न नजिकैका धेरै केटाहरु आए कोहिलाई मनै पराईनन् भने कोहिलाई धेरैनै नजिक भयो भनि आलटाल गर्न बाध्य भए । सरिताको भित्री मनसाय बुझ्न कसैले सकेनन् । एक दिन बुवाको काखमा आँखाबाट बलिन्धरा आसु चुहाउँदै भनिन् म यस घरबाट अवश्य जान्छु तर अति टाढा ताकी मेरा बुवा तथा हजुरआमाको कुनै पनि दुःख मेरा आँखाले र कानले सुन्न नपरोस् । यसरी उनको कठोर निर्णय सुन्दा बुवा एक पटक त छाँगाबाट खसेजस्तै भए पत्याउन पनि सकेनन् । दैवको लिला अथवा समयको खेल यसोदाको बिवाह भएको नातेदार त्यहाँबाट केहि टाढा बसाई सराई गरी गएका रहेछन् उनकै ३ भाइ छोरा मध्ये माहिला छोरा रोशन सहरमा पढ्दै सानो नोकरी गर्दै रहेछन् । सामान्य भेटघाटकोलागि कान्छो बुवाको घरमा आउँदा सरितालाई यसोदासँगै देख्न पुगेछन् । त्यहि छोटो भेटनै सरिताकोलागि जिन्दगी बिताउने साहारा भयो । एकै नजरमा सरिताले रोशनलाई मन पराईन् । र कान्छो बुवाले सरिताकोलागि रोशनलाईनै सुम्पने निर्णय बालकृष्णलाई बताउनु भयो । रोशनको घर त्यहाँबाट १ दिनको यात्रा पछि मात्र पुगिन्थ्यो । सरिताले पनि त्यहि चाहेकि थिईन् ।
रोशनको घरमा एक दाजु एक भाइ दुई बहिनी र बुवा आमा गरी जम्मा ७ जनाको सुखि परिवार थियो जेठा दाजु सानैमा विदेशतिर लाग्नु भएको थियो भने कान्छा भाइ माधव भर्खर १० कक्ष्मा पढ्दै थिए बहिनीहरु अलि सानै उमेरका थिए । बुवा आमापनि खेति किसानेनै हुनुहुन्थ्यो । रोशन त्यस घरको अनि त्यस गाउँकै अति प्यारो र अति मिलनसार केटा थियो । कसैसँग पनि झै झगडा गर्दैनथ्यो । जाँड र_िक्स चुरोट गुण्डा गर्दी आदिबाट उ सधैनै टाढा रहन्थ्यो । रोशन पोहोर सालएस।एल।सी दिएर सहर पसेको हो । अहिले उ आ।ई कम् प्रथम् बर्षको परिक्ष् सकि आईकम। दोस्रो बर्षमा अध्ययनरत छ । रोशनलाई शहरका केटीहरु कत्तिपनि मन पर्दैनथ्यो । उसलाई यति छोटो उमेरमा बिवाह गर्ने कुनै रहर थिएन । उ आफ्नै गतिमा थियो तर समयको अघिल्तिर जो कोहि पनि झुक्न बाध्य हुनुपर्दो रहेछ । घरमा दाजुको बिवाह भईसकेको कारण अव बिवाह गर्ने पालो रोशनको थियो । घर परिवारको एकोहोरो दवाव अनि कान्छो बुवाको बोली बचनलाई नर्कान नसकि । सरिताको बितेको कुराहरुलाई सम्झि एक टुहुरी केटिलाई म बाट केहि साहारा मिल्दछ भने ठिकै छ भनि रोशन र सरिताको यहि आउँदो मंसिर १६ गते बिवाह गर्ने लगन जुराईयो । आईकम दोस्रो बर्षको पढाईलाई केहि समयकोलागि थन्क्याई आफूले काम गर्दै गरेको नोकरीलाई १ हप्ताकोलागि बिदा लिई ऊ बिवाहकोलागि घर तर्फ लाग्यो । टाढाको बिवाह त्यति धुमधाम सँग भएन । गाउँघरका सवैले रोशनलाई भन्ने गर्दथे तेरो त भाग्य खुल्यो । केटीको घरमा २ छोरी बाहेक छोराहरु कोहि रहेनछन् । अन्तमा केटीको बुवाको सम्पत्ति दुई छोरीको नाममा बरावर बाढ्दा रोशनलाई पनि फाईदा हुने भयो । यस्ता कुराहरु गर्दा रोशन झर्कने गर्दथ्यो । मैले कुनै लोभ र लालचमा परेर बिवाह गरेको होईन । मैले त एक टुहुरी नारीलाई सरक्षण दिन खोजेको हुँ । रोशनको अति कडा जवाफ हुन्थ्यो । यसरी रोशन र सरिताले एक आपसमा जनम जनम सँगै मर्ने र जनम जनम सँगै बाच्ने बाचा बन्धनकासाथ बिवाहको बन्धनमा बाधिए । रोशनको छोटो समयको छुट्टी पनि सकियो । ऊ बिवाह गरेको चौथो दिनको दिन भर्खरै भित्रिएकी नयाँ दुलहीलाई बुवा आमा तथा घरका अन्य परिवारको साथमा छोडी काठमाण्डौ तर्फ लाग्यो ।
रोशन काठमाण्डौ लागेपछि पहिला पहिला दिनमा त सरितालाई घरका सम्पूर्ण परिवारले अति रुचाउन थाले । गाउँ घरका सबैको बोलीमा रोशनको श्रीमती तथा भक्तको बुहारी सरिता त कति राम्री रहिछीन् । काम काज बोली चाली रहन सहन ब्यवहार आदि इत्यादि जेठी बुहारीको भन्दा माहिली बुहारीको अति राम्रो रहेछ । घरका सम्पूर्ण परिवार साथै गाउँघरका साथी सँगीनीसँग थोरै समयमा मीठो साईनो गास्न पुगिन् । भक्तकी जेठी बुहारी मिनु र भक्तकी श्रीमती बिमला अथवा सासु समय समयमा धेरै नराम्रोसँग भनाभन हुन्थ्यो कहिले काहि त हात हालाहाल पनि हुन्थ्यो । तर पनि मिनु सहेर बसेकि थिईन् । गाउँघरमा वर परका छर छिमेकले त्यसको घर त सधै झै झगडा मात्र भईराखे हुने थियो भन्ने मात्र सोच्दछन् । भक्तको जेठा छोरा पनि भाइको बिवाहमा सरिक भई भर्खरैमात्र बिदेश लागेका थिए । जेठी बुहारी मिनुले सासुलाई कहिले काहि अति नराम्रोसँग बचन लगाउदथी । मेरो श्रीमान विदेशमा कमाई गर्न नगएको भए र बेला बेलामा पैसा नपठाएको भए कसरी चल्दथ्यो परिवार आदि इत्यादि कुराहरु भन्ने गर्दथीन् । भक्त तथा बिमलाले एक मन सोच्ने गर्दथे साच्चैनै छोराहरु बिवाह गरेपछि परिवर्तन हुँदा रहेछन् । आज धेरै दिन भयो जेठो छोरा दिपकको चिठी पत्र नआएको । मिनुले एकान्तमा गएर फोनद्धारा घरमा भएका नभएका सम्पूर्ण कुराहरु आफ्नो श्रीमानलाई भन्ने गर्दथिईन् । त्यसैकारणले गर्दा दिपकले घरमा बुवा आमा तथा परिवारको त्यति वास्ता गर्न छाडेको । अहिलेको दशैमा सबैलाई एक सरा कपडा लिएर दिपक घरमा आयो भने काठमाण्डौबाट रोशन पनि । तर रोशनले केहि पनि ल्याउन सकेन किनकी उसको पढाईमानै बढि खर्च हुने गर्दथ्यो । यति सम्मकी उसले आफ्नी पियारीलाई चुरा पोते समेत नलिईकन आयो । घरमा दिन प्रतिदिन कलह बढ्दै गयो । दिपकले बेलुका गाउँ डुली गाँउलेका नचाहिदा कुराहरु सुनी नसाको तालमा बेलुका बुवा आमा तथा अन्य घर परिवारलाई नाना थरिका कुशब्दहरुले गाली गर्दथ्यो । नसाको तालमा भएको हुनाले कसैलेपनि दिपकको वास्ता गर्दैनन् । दिपकले आफ्नो एक महिनाको छुट्टी काटेर मिनुलाई साथमा लिएर दिल्ली तिर लाग्दछ । घरमा अब सरितालेनै बुहारीले गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्नुपर्ने भयो । त्यहि बर्षमा जेठी बहिनी दिपाको बिवाह हुन्छ त्यहि नजिकैको गाउँमा ।
यसरी दिनहरु वित्दै गए । रोशनले दोश्रो बर्षको परिक्ष्पनि राम्रैसँग दियो । एउटा अति प्रतिष्ठ मार्केटिङ्ग कम्पनीमा मार्केटिङ्गको नोकरी पाएको थियो । महिनाको जम्मा ४ हजार पाउँदथ्यो । काठमाण्डौ महङ्गिको ठाउँमा ४ हजारले घर भाडा तिर्ने कि पढाईको फि तिर्ने कि बिहान बेलुका खाने अति समस्या पर्दथ्यो । त्यहि समयमा सरिता दुई ज्यूकि भएछिन् । सबैभन्दा पहिले खवर रोशनलाई सुनाउनकोलागि काठमाण्डौ रोशनको अफिसमा फोन गरिन् । रोशन अति खुशी भयो । घरमा सरिताले दिन प्रतिदिन अति कठिन कार्यहरु गर्नुपर्ने हनथाल्यो । असार शावणमा खेतमा आली लगाउने खन्ने देखि लिएर अति गह्रौ सामानहरु बोक्ने गर्न थालिन् । उनलाई थाहा भएन त्यस्तो बेलामा त्यस्ता कार्यहरु गर्नु हुदैन भन्ने । भदौको पहिलो साता खेत बारी सबै खेती लगाएर सकियो । उनको पेटमा भएको बच्चा छैटौ महिनामा प्रवेश गर् यो । सरिताको विस्तारै पेट दुख्दै गयो पहिला पहिला त सामान्यरुपले लिईन् त्यो दुखाईलाई पछि अतिनै दुख्न थालेपछि नजिकैको स्वास्थ्य चौकीमा गई जचाउँदा यहाँ सकिदैन अलि राम्रो अस्पतालमा जानु पर्दछ भनि जवाफ पाईन् । सरिता भोलिपल्टनै एक्लै पहिलो पटक काठमाण्डौ तर्फ लागिन् । रोशनलाई पहिलो दिनमा नै त्यसबारेमा भनि सकेकि थिईन् । रोशन बसपार्कसम्म लिनकोलागि आउने सल्लाह भएको थियो । सरिता काठमाण्डौ तर्फ लागेपछि घरमा नाना थरिका कुराहरु हुन थाले । आज सम्म कसैलेपनि सरितालाई नराम्रो भनेका थिएनन् आज एक्कासी घरबाट एक्लै काठमाण्डौ तर्फ जाँदा सबैले गालि गर्न थाले भने कोहिले जिस्क्याउन थाले धेरै महिना भयो श्रीमानसँग नमिलेको त्यसैले होला जान खोजेकि आदि इत्यादि अड्कल बाजीहरु गर्न थाले । सरिता बेलैमा काठमाण्डौ पुगिन् भोलिपल्ट पाटन अस्पतालमा जचाएर अल्ट्रासाउण्ड गर्नुपर्दछ भनि डाक्टरले सल्लाह दिए । त्यहि अनुसार अल्ट्रासाउण्ड पनि गरे तर पेटको बच्चा नराम्रो भएको हुनाले आमालाई ज्यादै खतरा भएको रिजल्ट डक्टरले निकाले । सरिताको दिन प्रतिदिन पेट दुख्न छोडेन झन बढि दुख्न थाल्यो । तत्काल त्यहि समयमा पाटन अस्पतालमा भर्ना गर्नुपर् यो । दैवको लिला भनौ या भाग्यको खेल १ हप्ता लामो कठिनाईपछि सरिताको गर्भबाट ७ महिनाको बच्चा खेर गयो । कस्सो भगवानले सरिताको ज्यानलाई सकुसल छोडिदिए । उता घरमा सरितालाई नाना थरिका कुराहरु गर्न थालेका रहेछन् । जेठी बुहारीले त हामीलाई टेरिन यसले पनि हामीलाई टेर्न छाडी । अनेकौ गालीहरु गर्न थाले । लामो समय करिब १ महिनासम्म काठमाण्डौमा बसी सरिता र रोशन न्याउरो मुख लिएर घरमा आए । बुवा आमाले पहिलो पटकको बच्चा खेर गएको हुनाले अव बच्चा नराम्रो हुने कुरा गरे । साथै सरितालाई अति नराम्रोसँग गालि गरे । यस्तो समयमा गाडिमा हिड्न हुँदैन भन्दा मानिन नटेरी नटेरी गई अहिले कोख रित्तो पारेर आई आदि इत्यादि अति नराम्रा जवाफहरु लगाए । हाम्रो पालामा त हामीहरुले बारीको कान्लामा घाँस काट्दा काट्दै पैदा गर्दथ्यौ । सरिता आपः्नो कोखमा भएको बच्चालाई भगवानको काखमा सुम्पेर अति अमिलो मुख लिएर आएकि त्यसमाथि पनि त्यति नराम्रा बचनहरु लगाउँदा ज्यादै रोईन् । रोशनले सम्झाउँदा पनि मानिन् । आखिर गल्ति त सरिताको थिएन । २ महिना पहिला पेटमा बच्चा हुर्कने समयमा लोग्ने मान्छेले गर्ने काम गरेको सासु ससुराले साथै गाउँघरमा कसैले पनि देखेनन् । आराम गर्ने समयमा त्यस्ता कामहरु गर्दा अवस्य गर्भमा रहेको बच्चालाई असर पर्दछ नै । यसरी सरिता दिन प्रतिदिन सवैको घृणको पात्र बन्दै गईन् । सबैले गालि गर्न थाले उनलाई बोल्ने मौकानै दिएनन् । त्यस समयमा रोशनले केहि पनि बोलेन उसलाई थाहा थियो बच्चा कसरी खेर गयो भन्ने ।
रोशन सरितालाई छोडेर फेरी काठमाण्डौ तर्फ लाग्यो । सरिता केहि महिनासम्म केहि काम गर्न नसक्ने भइन् । बेलामा खाना खान पनि पाउँदिन सासुले काम गर्ने भए पो बेलैमा खान पाईन्छ । कामै नगर्ने हो भने कसरी खान पाईन्छ भन्दै सधै जसो सुन्नु पर्दथ्यो । एक दिन अतिनै भएर सरिता पानि लिन पधेरामा जान्छे तर आउने बेलामा पछाडीबाट पानिको धाराझै रगतको धारा बग्यो । घरमा आउँदासाथ चक्कर लागेर ढल्न पुगिन् घरका अन्य परिवारले काम गर्न अल्छि लागेर बहाना बनाएको भनि वास्ता गरेनन् । उनि दुई दिन सम्म रगतको आहालमा डुविन् तर पनि कसैले कठैबरा भनेन् । उल्टै सासु ससुराको टोकेसो मात्र खानु पर् यो । बिवाह गर्दा सरिताले सोचेकि थिईन् सानैमा आमाको मायाँ पाउन सकिन अब बल्ल आमाको मायाँ पाउने भए भनेर तर ठीक उल्टो भयो । मायाँ हैन सधै घरमा सबैको घृणित भएर बाच्न बाध्य भईन् । मन भित्रका गाँठो कसैसँग फुकाउन नसकेर घना जँगलको बिचमा गएर बिलौना गरी रुन्थिन् । कोहि पनि उनलाई सम्झाउन आएनन् । सासु ससुराले गालिगर्दा उनले पनि प्रतिउत्तर दिने गर्दथिन् । एक कान दुईकान हुँदा हुँदै गाउँभरीनै हल्लि खल्लि हुन्थ्यो । नकचरी खुब बसी बसी खान पाउला भनेर बिरामीको बहान बनाउछेस् जबसम्म काममा जान्नेस त्यतिबेला सम्म बेलैमा खाना खान पनि पाउँदिनस् । सरिताले आफ्नो बारेमा आजसम्म कसैबाट पनि नराम्रो बचन सुन्नु परेको थिएन आज आफ्नै बुवा मुमा सरह सासु ससुराहरुले यसरी गालि गर्दा सधै गहभरी आसु झारी रहन्थी । गुउँमा एक दुई जना दिदि बहिनीले बाहेक कसैलेपनि सरिताको दुःख बुझेका थिएनन् । त्यहि समयमा दिपा दुई जिउकी भएर माईत आईन् आमा बुवाले छोरीलाई सम्झाउँदछन् । छोरी यो बेलामा गरुङ्गो काम गर्नु हुँदैन जति सक्दो तागतिलो खानेकुराहरु खानु पर्दछ । ज्यानलाई सकेसम्म आराम दिनु पर्दछ भनि सम्झाउन थाले । सरिता टवाल्ल परेर हेरिरहीन् अनि ति बाक्यहरु सुनिरहिन् । सायद आज मेरो पनि आमा हुनुहुन्थ्यो भने र नजिकै माइतिको घर हुन्थ्यो भने मैले पनि यस्तै सान्त्वना पाउने थिए होला भन्दै मनभित्रका बेदनाहरुलाई आशुको साहारा बनाई आफुले आफैलाई भिजाउँदथिन् । सायद आज सरिताको ठाउँमा दिपा भएको भए यस्तो कहालीलाग्दो दिनहरु काट्न पर्दैनथ्यो होला आज छोरी र बुहारीमा यति सम्म फरक छ ।
कहिलेकाहि रोशन दुई दिनको विदा लिएर आउँदथे । त्यस समयमा रातभरी सरिता मन भरी गुम्सेर रहेका गाँठाहरुलाई निर्धक्क भएर रोशनको सामु पोख्दथिन् रोशन एकाग्रह भएर सुनिरहन्थ्यो । दुवै जनाले रात बितेको थाहानै पाउँदैनथे । बिहान झिसमिसे उज्यालोसम्म सरिताले रोशनलाई मनका बेदनाहरु पोखिरहन्थिन् । सरिताले कहिले काहि सोच्ने गर्दथिईन् । बुहारीहरुकोलागि बिहान नभईदिएपनि हुनेथियो । रोशन दोमनमा हुन्थ्यो उसले बुवा आमालाई पनि गाली गर्न सक्दैन । सरितालाई पनि गालि गर्न सक्दैन । सबैले गाउँघरमा सरिताको बारेमा नराम्रा कुराहरु पनि काट्ने गर्दथे रोशनको अघिल्तिर तर रोशनले ति कुराहरुलाई वास्ता गर्दैनथ्यो । फेरी रोशन काठमाण्डौ जान्थ्यो अनि सरिताका दुखका दिनहरु सुरु हुन्थे । कहिले काहि सरिता भन्ने पनि गर्दथिईन् काठमाण्डौ नजानुहोस् यहि खेति किसान गरेर बसौ तपाई घरमा हुँदा मेरो सम्पुर्ण यहि भएजस्तो हुन्छ ……… ।
बन्दिपुर तनहुँ
(हाल यूएई)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *