– अतित मुखिया


शुसुप्त आखा टेकेर

सुटुक्क आउछ एउटा छाया

जुनको उज्यालोमा अध्यारो भै

लाजैनमानी खुस्रुक्क घुस्रन्छ

ओछानमा मसंगै ।

नकचरो छाया

निर्वस्त्र पार्छ,सर्वांग खेल्छ

तातो निस्वासमा निथ्रुक्क भिजाउछ

नितान्त आनन्दको तलाउमा डुबाउछ

मानौ,

पीडाको मीठो काउकुती

घर्षणको न्यानो आनन्द

चोटको सितल सित्कार

अनौठो ऐठनको उत्कृष्ट तृप्ति ।

उत्कर्षको चुलीबाट खस्दा एक्कासी

झल्यस्स व्युझिन्छ पग्लेको शरीर

व्युझदा केवल आफु हुन्छु

कुमारी शरीरको कौमार्य हुन्छ

अनि हुन्छ,

भिजेको ओछ्यान र खुम्चेको शिरानी

मुटुको तिब्र स्पन्धन

स्वप्नदोष बाचेको मृगतृष्णा

म र मेरो रित्तो विपना ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *