– दाजु गुरुङ
धेरै पहिले कोतवाट फुकेको
जगं वहादरको रातो घोडा
यहि सडकै सडक भएर दरवार पसेको थियो
घोडा जतिनै वड्के पनि जतिनै फड्के पनि
कालन्तर आफ्नै तवेलावाट लडेको थियो
आफन्तै आफन्तहरुवाट मारीएको थियो
तर चार भाझ्याफ् भित्रको खुल्ला चौरको चौकुनामा
अझै जङ्ग वहादुरको राता घोडाहरु जिउँदैछन्
सताव्दियौ देखि पहरामा तैनाथ छन्
हरपल आवत जावतका हरेक अनुहारहरुकेा फेरिस्ता राख्छन्
लाग्छ राता घोडाहरु समयलाई चुनौती दिइरहेछन्
कोतको ज्यूँदो इतिहास वोकेर ।
जगं वहादुर कोत रातेा घोडा
विगत इतिहास वनिसकेको छ
तर विगत इतिहास वर्तमान प्रति अट्टहास गरिरहेछ
किनकी जगं वहादुर ढलेका छैनन्
राता घोडाहरु तवेलावाट लडेका छैनन्
हिज-आज गाम वस्ती शहर वजार
चोक गल्ली सडकहरुमा
जफेहरु ढल्की ढल्की हिडीरहेका छन्
राता घोडाहरु वड्की वड्की दौडीरहेका छन्
भदौरे राँगो जस्तै
आस्थाको धरोहर र वर्तमानलाई निर्ममताले कुल्चेर
भविष्यलाई एउटा भयावह सून्यतिर धकेल्दै ।
गलत इतिहासको गलत गणितलाई
नत कुनै सीमाले राकेको छ नत कुनै आस्थाले छेकेको छ
वरु जफेहरुको संजीविनी कवज
दरवार पस्ने मायावी मुकुण्डो भएकोछ
किन की जसरी भए पनि दरवार पस्नु छ
सवै जङ्गेहरुलाई जफ् वहादुर वन्ने रहर छ
त्यसैले त दरवार पस्न घोडा छाद्नु पर्छ रे
दरवारमा वस्न घोडाको लस्कर वाद्नु पर्छ रे
दरवारको लागि छुदेको
दरवारको लागि वाँधेको
राता घोडा रोक्न पाइदैन रे छेक्न पनि पाइदैन रे ।
नया जङ्गेहरुको उर्दी छ हुकुम छ
वेलगामी राता घोडाहरु ज्ाहाँ पनि हिड्न सक्छन्
जस्को वाली पनि चर्न सक्छन्
मन लागे टोक्न सक्छन् सडक रोकेर ठोक्न सक्छन्
अनि हनुमान जस्ता भक्त र वलवान घोडाहरु
लुम्विनीमा परेड खेल्छन्
स्वयम्भूमा निशाना लगाउँँछन्
खेत वारीमा व्ाारुद फलाउँछन् ।
वर्वर पाषण वर्तमान
निरिह परेवाहरु आफ्नै अुगनमा
आफ्नै आकाशमा खेल्न सक्तैनन् उड्न सक्तैनन्
एक्लो पशुपतिनाथ निरिह परेवाहरु भन्दा निरिह छन्
अनि जफे र राता घोडाहरु उन्मूक्त छन वेलगाम छन् ।
हिज आज जङ्गाहादुरको वुख्याचाले साह्रै तसार्ंउन थालेको छ
निरिह मानिसहरुका सपनाहरुमा ऐठन पर्छ
आफ्नै घर-आँगनमा ढुक्क छैनन्
त्यसैले त नया जङ्गेहरु सुनिएको शरीरलाइ मोटाएको ठानेर
राता घोडाहरुको शौखिन वनेका छन
अनि मुलुकलाइ घोडशालामा रुपान्तरित गर्न
थरी थरीका घोडशालाहरु ख्ोलिएकाछन
घोडशाला वधशाला ठग ठोगशाला
जङ्गेहरुलाइ जे गर्न पनि छुट् छ
घर घरेडी र कित्ता काटको राजिनामा लेखनमा व्रह्म लुट छ ।
राजिनामा लेखनको भूत देखाएर
रातो घोडा दरवार चड्ने व्रह्मास्त्र वनेकोछ
मानिसहरु कति निरीह छन जङ्गवहादुरको व्रह्मास्त्र सामू
गुस काटेर पाल्छन
व्रह्मास्त्र टाउका माथि झुण्ड्याएर जातो जस्तो ।
थाहा छ आफै माथि खसिरहेछ भनेर
त्यसैले त आफ्नै घर अुगनमा शरणार्थी वनिरहेछन् ।
दानवीर कर्ण भएर ।
सुनेको थिए –
जङ्गवहादुर आफ्नो घर वारीको साह्रै माया गर्थे रे
अुगन अनि सुध सीमाको साह्रै ख्याल राख्थे रे
तर खोइ किन कुन्नी नया जङ्गेहरु
छिमेकीहरुले ठेल्दै ठेल्दै टाउकामा टेक्दा पनि
कहिले काहि यस्तै हो भनेर ङिच्च हास्छन रे
कतै दरवार जाने रोडम्याप पो विग्रन्छकी भनेर ।
त्यसैले त आज मेचीले निकाशको वाटो खोज्दैछ रे
कालीले वग्ने भिसा माग्दैछ रे
के गनेंर्ं जङ्गेहरुलाइ दरवार जाने घोडा छान्दैैमा ठिक्क
राता घोडाहरुलाइ मल्ल यु¢मा ठिक्क
निरीह मानिसहरु जङ्गे र राता घोडाहरु देखि दिक्क
त्यसैले त घरमा गौथली वस्यो भनेर
घरमा मूसो पस्यो भनेर
न्ाव जङ्गेहरु घरमा आगो लगाइरहेछन
राता घोडाहरु आँगनमा मादल वजाउदै ताण्डव नृत्य गरिरहेछन ।
एउटा कहाली लाग्दो वर्तमान
सधै विझिरहने काल- खण्ड ।
तर मानिसहरुले विसर्िएका छैनन्
भन्दैछन धेरै पहिले जङ्गवहादुरको रातो घोडा
यसरी मात्तिएको थियो
यसरी नै पात्तीएको थियो
कालन्तरमा आफ्नै तवेलावाट लडेको थियो ।
dajuup@yahoo.com
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *