– गोपीकृष्ण प्रसाई

सोल्टिनीले दिएको इन्दे्रनीको हार
मौसमहरुको आत्मियता
अनि प्रकृतिको सहकाल
देउरालीमा पातीका थुप्राहरु
टड्कारो देखिने फुसका झुप्राहरु
दैनिकी लेख्छन् यहाँ पहराले

मालसिरी गाउँछन यहाँ छहराले
संगीतका प्रतिध्वनी हम्किरहने पुूलहरु
कुल-कुल गरि ब्यूँझने पानीका मूलहरु
आयो असार पसीना बोकेर
ब्यूँझाउँछ दुनियाँलाई मादल ठोकेर
देखिन्छन् मान्छेहरु झुलेका
देखिन्छन् मान्छेहरु डुलेका
झाडीमा पात बजेका पनि देखिन्छन्
ओडारमा जुनेली रात लुकेका पनि भेटिन्छन्
आखिर कस्लाई कस्को त्रास
स्वतन्त्र स्वछन्द स्वविवेक
दाउरापात जाने खेताला अनि भरियाहरु
बाँड्दैछन मीठो जाँड
यी सारा चमत्कारहरु देखिएपिन
आपुूले माग्नुपर्ने आफैसँग आड
निरन्तरता दिईरहेछ यिनै प्रवृतिलाई हाम्रो पहाड ।
यदृच्छित कुराहरुको अनकन्टार
वेमौसममा कोइलीले गीत गाउँदै िहंडछ
तरैपनि मुटुभरि बगििहंड्छ एउटा अलौकिक प्यास
कहाँ जाउँ कसलाई खोजुँ
जताततै छ कविहरुको बास
अत्याधुनिक शौखिन अनि कुलिनताको
तीब्ररुपमा गर्छ यसले उपहास ।
जीवनको प्यार छ यहाँ
विहानको सार छ यहाँ ।
शैक्षिक क्षेत्रको त्यो विक्षिप्तपन
कहिले डगमगाउला केन्द्रीय उपवन
यहाँ मान्छेहरु विप्लवी बन्दैछन् भोकले
मान्छेहरु लाहुेर बन्दैछन् पैसाको झांेकले
सर्दैछन् मान्छेहरु बसाईं
रुँदैछन् भीरपाखाहरु
विरह र व्यग्रताले फड्को भएर
आक्कािसंदैछन् छहराहरु
तर डुल्दैछ केन्द्र अनि आफ्नै चमत्कार
रुँदो छ पहाड अनि आफ्नै झंकार
बड्दो छ केन्द्र अनि आफ्नै लहड
तर पहाड चोला फेर्दैन
पहाड झुठो बोल्दैन
कसैको असमझदारीले टेर्दैन
शशरीर विनम्रता अनि दृढताको प्रतिमूर्ति
क्रान्तिको अग्रणी अनि सूत्राधार
मेरो पहाड ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *