– भानु सुनुवार ‘तिरस्कृत’



तिम्रो यादमा जल्ने मन, म कसरी बार्नु होला,
नङ्ग मासुभै बस्ने दिल, म कसरी सार्नु होला ।


एकै साथमा कयौ धुम्ती, पारगर्दै आयौ हामी,
प्यारो अतित आजफेरि, म कसरी मार्नु होला ।


झेल्यौ हामीले घाम पानी, जीवनका सफरमा,
यस्तो सफर ओझेलमा, म कसरी पार्नु होला ।


जीतै जीतका लामथिए, कुमजोडी यात्रा गर्दा,
जित्ने रहर थाँती राखी, म कसरी हार्नु होला ।


छैन तयार नाता भूल्न, अझैपनि मेरो आत्मा,
साथ छोडेर एक्लो मन, म कसरी नार्नु होला ।।


रचनाकाल : ०९ अक्टोबर २०१०
दोहा कतार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *