– शर्मिला खड्का (दाहाल)
विद्युतीय उपकरणमा चल्ने मेशिनझैँ जीवन चलिरहेको थियो । तर जीवनको मध्यान्तरमा आएर द्रुततर गतिमा चलिरहेको जीवनको गाडीमा अचानक ब्रेक लागेर रोकिने अवस्था आयो । यो अवस्था थियो डेढ दसकदेखि खाइ आएको जागिर छोड्नुपर्ने बाध्यता । व्यावहारिक कारण र पारिवारिक दायित्वका कुहिराले जीवनलाई घपलक्कै छोपेपछि उज्यालोको विकल्प खोज्दै जागिर छोड्नुपर्ने बाध्यता आयो । जागिर छोड्ने निर्णय गरेपछि जीवनको गाडीलाई कसरी गतिवान बनाउने भन्ने विभिन्न विकल्पका तारहरू बुन्न थाले । जीवनले एउटा तिक्तता सधैँ पालेर बाँचिरह्यो । त्यो तिक्तताले मनग्गे मलजल पाएर मसँगै ठिङ्ग उभिएर बाँचिरह्यो । कहिलेकाहीँ आत्मापीडाको हुरीचल्दा मलाई नै किच्न खोजेझैँ गर्दथ्यो भने कहिलेकाहीँ म नै उसलाई दवाएर राख्ने गर्दथे । त्यो तिक्तता थियो नारी भएर जन्मनु र नारी भएर बाँच्नुपरेको पीडा । सायद यही तिक्तताले मलाई कलम चलाउन बाध्य गरायो र यही लेखनले उसलाई पनि मलजल गरी पौष्टिकता प्रदान गरिरह्यो । अहिले उक्त तिक्तता र मेरो लेखन पयार्य भएर बाँचेका छन् एकआपसमा ।

 


सानी बालमनोवैज्ञानिक उपन्यासले साझा बालसाहित्य पुरस्कार पाएर काठमाडौँबाट र्फकदा इटहरीमा कसैलाई थाहासम्म भएन कि इटहरीको एउटी चेलीले राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेकी छे भनेर । कतिले सुनेर पनि नसुनेझैँ गरे । कतिले थाहा पाउँदै पाएनन् । काठमाडौँमा इटहरीको प्रतिनिधित्व गरेर राष्ट्रियस्तरको पुरस्कार पाउँदा इटहरीवासी अनभिज्ञ नै रहे । यसमा मेरो पनि कमजोरी थियो क्यार- म भन्छु । त्यसपछि अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरे । दुवै पुरस्कार राष्ट्रकवि माधव घिमिरेको हातबाट प्राप्त गरेको थिए । इटहरीको एउटा गाउँको केटीले पुरस्कार पाउँदा उहाँ अत्यन्त हषिर्त हुनुहुन्थ्यो । मलाई अत्यन्त आत्मीयता प्रकट गर्नु भयो । यसरी दुवै पुरस्कार पाउँदा पनि म इटहरीका लागि अनभिज्ञ नै रहेँ । सायद नारी हुनुको विडम्वनाले यस्तो भएको हो भन्ने पीडाले मलाई घोचिरह्यो । त्यो तिक्तताले मुटु खाइरहेको बेला जागिर छोडेपछि केके गर्ने भन्ने समयको सदुपयोगको संकल्पमा इटहरीमा नारी साहित्यप्रतिष्ठान खोल्ने विचार मस्तिष्कमा उम्रियो । यो विचारले त्यो बेला साकार रूप पायो जुन बेला इटहरी लेडी जेसिजले क्याम्पसस्तरीय छात्राहरूको कविता प्रतियोगिता सम्पन्न गर्‍यो । इटहरी लेडी जेसिजको सदस्यको नाताले त्यो कार्यक्रमको संयोजक थिए म । त्यसबेला कुन्तादिदी प्रमुख अतिथि रूपमा आउनुभएको थियो । कुन्तादिदीका साथै सबै साथीहरूसँग मैले यो प्रस्ताव राखे । सबैजनाले सहर्षस्वीकार गर्नुभयो । ममा हौसला बढ्दै गयो । भेटघाट र छलफलका तगाराहरू नाध्दै मेरो संयोजकत्वमा इटहरीका सक्रिय नारीहरू नेत्रकला दवाडी, गंगा धिमिरे, पवित्र थापा, जानुका थापा, अप्सरा भट्टर्राई रमा चापागाई आदिको कार्यसमिति बनाई उत्खनन नारी साहित्य प्रतिष्ठान विधिवत् रूपमा मंसिर गते स्थापना भएको घोषणा गर्‍यौँ । यस प्रतिष्ठानका लागि सबै साथीहरू अत्यन्तै हार्दिकता र सक्रियताका साथ लागि पर्नुभयो । नारीको अस्मिता र आस्तित्वको पहिचान बोकेको यो प्रतिष्ठान स्थापना भयो तर यसलाई कार्यक्रम मार्फ समाजमा प्रतिष्ठापित गराउने चुनौति हामीलाई छँदै थियो । मैले जागिरबाट अवकाश लिइसकेको हुनाले प्रतिष्ठानको कार्यक्रम सफल बनाउन नैतिक जिम्मेवारी मलाई नै बढी भएको महसुस मैले गरेँ । फेरि मेरा तीनवटा पुस्तक उक्त कार्यक्रममा विमोचन गर्नुपर्ने भएको हुनाले यसको भार मलाई अलिक बढी थियो । हुन त अरु साथीहरूको योगदान पनि आ-आफ्नो ठाउँमा अमूल्य नै थियो । उक्त कार्यक्रममा इटहरीका पाँचजना अग्रज नारीहरूलाई सम्मान गर्नु थियो भने पुस्तक विमोचन पनि थियो । सबै साथीहरूको सक्रियता र हौसलाले सो कार्यक्रम भव्यतापूर्वक सफल भयो । सो कार्यक्रममा आदरणीय दाजु परशु प्रधान, कृष्णभुषण वल, नारायण तिवारी, देवी पन्थी र विराटनगरका अन्य वरिष्ठ साहित्यकारहरूले आफ्नो गरिमामय उपस्थिति गराइदिएर सफलताको शिखर चढाइदिनुभयो । त्यस्तै समालोचक डा. टंक न्यौपाने, लेखनाथ घिमिरे, कृष्णविनोट लम्साल मनु मन्जिल, आदिको उपस्थितिले कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । प्रतिष्ठान उहाँहरूबाट पाएको यो हौसला र प्रेरणा सार्थै स्मरण गरिरहने छ । स्थापना गरेलगत्तै यसरी कार्यक्रम पनि सफल भएपछि हामी उत्साही भयौँ । अर्को वर्षगर्ने भनिएको उत्खनन विशिष्ट नारी सम्मानको भावी कार्यक्रमको रूपरेखा कल्पनामा सिमीत राखेर हामी छुटि्टयौँ । प्रतिष्ठानको भावी कार्यक्रमको दायित्व हृदयमा प्रतिष्ठापित गरेर म अध्ययनका लागि काठमाडौँ आएँ । काठमाडौँ आएर विभिन्न व्यवहारिक झमेलालाई शिरोधार्य गर्दै प्रतिष्ठानको दायित्वको भारी बोकी रहेँ । समय सर्न्दर्भको घुम्टो उघार्दै त्यो प्रतिष्ठानको दायित्वको भारी भाषा साहित्यका विदान आदरणीय दाजु गोविन्दराज भट्टर्राईका सामु अवतरित गरे । दाजुदारा प्राप्त हौसला , प्रेरणा र हार्दिकताले सो भारी हलुका महसुस भयो । नेपाली भाषा साहित्यको क्षेत्रमा लागि पर्ने योद्धाहरूको सारथी कृष्णझैँ लागिपर्नु भएको गोविन्ददाजुले प्रतिष्ठानको भावी कार्यक्रमको अगुवाई गरेर सफल पार्ने वचन दिनुभयो । कार्यक्रम सफल हुने विश्वासले मेरो दायित्वको भारी अनवरित भयो । दाजुबाट प्राप्त सहयोग, र विश्वासको प्रज्वलित दीप बोकेर म समयको म्याराथुनमा दौडिरहेँ । यसले ममा अझ हौसलाका किरणहरू थपिए । म पूर्र्णोको जूनजस्तै प्रज्वलित दीपले ढकमम्क भएँ । तर सोचेजस्तो भएन । कार्यक्रमको सफलताको सम्भाव्यतालाई अवरोधका छालले उचाल्दै पछार्दै गर्‍यो । वाधा, अडचन, र घेराउले नेपालको राजनीतिले जस्तै खलनायकको भूमिका ख्लिरह्यो, विरोधीतत्वहरूले आक्रमण गरिरह्यो । यो अवस्थामा कृष्ण भगवानले अर्जुनलाई जीवनदर्शन बताएझैँ कार्यक्रमको उत्कृष्टताका लागि बाटो देखाईरहनु भयो गौविन्ददाजुले । त्यसो त दाजुको कहिल्यै बिर्सन नसक्ने भूमिका ‘समयको क्यानभासमा’ले पाइसकेको थियो । ‘समयको क्यानभासमा’मा उहाँले आफ्नो कौशलता, हार्दिकता र आत्मीयताका धेरै रगहरू कोरिसक्नु भएको थियो । कार्यक्रमको मिति तय भयो – चैत २९ गते, ‘समयको क्यानभासमा’ पनि विमोचन हुनेगरी । कार्यक्रमको मिति निधो लागेपछि पनि संक्रमण कालको बन्द र हडतालले संक्रमित गरिरह्यो हाम्रा निर्णयका आवृत्तिहरूलाई । यसोभए कसो गर्ने उसो भए कसो गर्ने बन्ने विकल्पका चित्ररेखाहरू कोरिरह्यौ आवृत्तिलाई पपूर्णतादिन । यो एउटा विशाल परियोजना थियो । धेरै समय र साधनस्रोत खर्चियो यो परियोजनाको प्रस्तावनामा नै । अब सुरु हुन बाँकी नै थियो कार्यक्रमको वृहत योजनाको सर्भेक्षण र कार्यान्वयन । परियोजना सम्बधिसम्पुर्ण साधनस्रोत बोकेर म पहिलोपल्ट इटहरी आएँ । साथीहरूसँग सरसल्लाह गरी वरिष्ठ साहित्यकार देवकुमारी दिदीलाई उत्खननको दुइँ वर्षा गरिने विशिष्ट नारी सम्मान प्रदान गर्ने निर्णयबोकेर म फेरि काठमाडौँ फर्के । सम्मानपत्र लगायत केही काम गरेर म फेरि इटहरी प्रस्थान गरेँ । इटहरीमा कार्यक्रमलाई आर्थिक सहयोग गर्नुहुनेहरूको नेतृत्व लिनुभएको थियो मेरा श्रीमान तेजबहादुर दाहालले । आर्थिक भारले टेक्ने दरिलो खुडकिलो पाएपछि कार्यक्रम सफल हुने विश्वासले उचाइ लिन थाल्यो । कार्यक्रमको कार्यहरू आफ्नै रफ्तारमा दौडिरहेको थियो अचानक काठमाडौँबाट गोविन्ददाजुको फोन आयो- “बहिनी, म ठूलो आपतमा परेँ कार्यक्रम त १ गते सार्नुपर्ला जस्तो छ । घैलाडुवाको कार्यक्रम २८ र २९ मा राखेका छन् ।” दाजुलाई परेको चोट मलाई अझ चोटिलो थियो । समस्याको समाधानका लागि साथीहरूसँग सल्लाह भयो । नभन्दे समस्या आफै किनारा लाग्यो । परियोजनाको व्यवस्थापनमा कुनै विचलन आउन पाएन । हामी ढुक्क भयौँ । यसरी कुरो बिगे्रको झन राम्रो भयो । कार्यक्रम २९ गते परेको भए विराटनगरबाट कोही आउन पाउनुहुने रहेनछ । किनभने त्यो दिन चुनाव परेको रहेछ । यसरी कुनै बेला पर्ने चोट पनि शुभसंकेतका लागि हुदो रहेछ भन्ने हामीले महसुस गर्‍यौँ । यसरी वैशाख १ गते गर्दा कार्यक्रम सफल हुने समयले शंखधोष गरिसकेको थियो । अन्य साथीहरूको जागिरे व्यस्तता फेरि महिला भएर निर्वाह गर्नुपर्ने अन्य भूमिकाले समय निकाल्न गारो भएको परिस्थितिमा मैले नै धेरैजसो् कार्यको अभिभारा लिने निश्चय गरेँ । साथीहरूको सरसल्लाहमा स्मारिका छाप्ने र निमन्त्रणापत्र छाप्ने र अतिथिहरूलाई के कसरी राख्ने सल्लाह गर्‍यौँ । कार्यक्रम एक्लो प्रतिष्ठानले मात्र गर्नुभन्दा इटहरीकै अन्य प्रतिष्ठानसँग मिलेर गर्दा प्रभावकारी हुन्छ भनेर गोविन्ददाजुले दिनुभएको हार्दिक सल्लाह बमोजिम उहाँको सक्रियतामा इटहरीकै अर्कै सशक्त, सक्रिय र शक्तिशाली प्रतिष्ठान साहित्य सञ्चार प्रतिष्ठानसँग मिलेर गर्ने समिकरण तयार भयो । यस समिकरणले हामी सबै खुसी थियौँ । घैलाडुवाको कार्यक्रमका लागि गोविन्ददाजु २६ गते नै पर्ूव आउनुभयो । आउँदा इटहरीमा बसेर कार्यक्रमको रूपरेखा के कसो छ भनेर खैखवरी लिएर जाने योजना थियो । योजना मुताविक कवि मनु मन्जिल, डां टंक न्यौपाने म लगायत गोविन्ददाजुले सामुहिक भेटघाट गर्‍यौँ । कार्यक्रमको विस्तुत छलफल मेरै घरमा खाजा खादै गर्‍यौँ । पहिलो दिन सम्मान कार्यक्रम, पुस्तक विभोचन र साहित्यिक गोष्ठीका र्सार्थ साँस्कृतिक कार्यक्रम थियो भने दोस्रो दिन गोविन्ददाजुको कार्यपत्र प्रस्तुति र कवि गोष्ठी । कार्यक्रमको मुख्यमुख्य खाका तयार गरेर हामी छुटि्टयौँ । साहित्य सञ्चार प्रतिष्ठान र हाम्रो प्रतिष्ठान मिलेर भव्य साहित्यिक कार्यक्रम गर्ने तय भएपछि मलाई केही हलुका महसुस भयो । हामीले काम वाँडफाँड गर्‍यौँ । निमन्त्रणाको जिम्मा र साहित्यिक गोष्ठीको जिम्मा साहित्य सञ्चार प्रतिष्ठानका अध्यक्ष मनु मन्जिलले लिइदिनु भयो । कार्यभार केही कम भएपनि म भौतिक रूपले र मानसिक रूपले प्रतिष्ठानको कार्यमा ने दत्तचित्त रहेँ । घैलाडुवाको भव्य साहित्यिक महोत्सवको कार्यक्रम सफल पारेर दाजु ३१ गते नै इटहरी आउनुभयो । दाजु आउनुअघि नै इटहरीमा दाजुले सरिक हुने कार्यक्रमको तालिका कवि मनु मन्जिलले तयार पारिसक्नु भएको थियो । गोविन्ददाजुसँगै हामी पनि पर्सिपल्टको कार्यक्रमको लागि रिसोर्टको अवलोकनमा पुग्यौँ । त्यसपछि इटहरीका अङ्ग्रेजी शिक्षक तथा प्राध्यापकसँग दाजुको भेटघाटको कार्यक्रम रह्यो । त्यसको लगत्तै पत्रकारसँग भेटघाटपछि नयाँ वर्षो लागि चिन्तन चौतारीमा इटहरी जेसिजले गर्ने नयाँ वर्षो कार्यक्रममा अतिथिको रूपमा पुग्न थियो । अलौकिक कलासस्कृति झल्कने इटहरीको चिन्तन चौतारी साँच्चै अनुपम थियो । कार्यक्रम अझ भव्य, आधुनिक र युवापिढीलाई समेटेर बनाइएको थियो । त्यहाँ श्वेता छोरीको नृत्य हेरेर जाने भनेर निकै बेर बस्यौँ । तर आयोजकले छोरीको नृत्य पछि राखिदिएको हुनाले छोरीसँगै हामी पनि घर फक्र्यौ । घर र्फकदा निकै ढिलो भएसकेको थियो । लोडसेडिङ्गको मारसगै नेपाली हुनुको बाध्यताले छमछम नचायो हामीलाई । छामछाम छुमछुम गर्दै बेलुकाको भाजनमा जुटेँ म । गोविन्ददाजुसँगै कवि वैदिक आत्री पनि हुनुहुन्थ्यो । भोजनसक्दा झण्डै बाह्र बजिसकेको थियो । नयाँ वर्षो सुरुआत भइसकेको थियो । नयाँ नयाँ वर्षो सुरुआत नै नुन नहालेको तरकारी जस्तै खल्लो भयो । जब वैदिकजीले लजको ढोका लगाइसकेको जानकारी दिनुभयो तब हाम्रो परियोजनालाई निराशाका छापाहरूले छापा मार्न थाले । मेरो मन अझै भुटभुटियो । कार्यक्रमबाट ढिलो फर्केकोमा आत्माग्लानीले फतक्क गलायो मलाई । परिस्थितिले जन्माएको पीडाबाट मुक्त हुन मेरो श्रीमानले धेरै प्रयास गरेपछि लजको मेनेजरसँग सर्म्पर्क भयो । लजको ढोका खोलिने भएपछि हामी ढुक्क भयौँ । त्यसपछि गोविन्ददाजु र वैदिक आत्रीजी लजतिर जानुभयो । भोलिपल्ट गरिने त्यत्रो भव्य कार्यक्रम आज नै कास्टिङ्ग ब्रि्रेजस्तो भयो । तर पनि मनमा एउटा ठूलो आत्मविश्वासले जन्मलिएको हुनाले कार्यक्रमको सफलताको कामना गर्दै निन्द्रादेवीको शरणमा परेँ । बिहान गोविन्ददाजु र वैदिक भाइलाई मेरै घरमा चियाखाजाको निम्तो थियो । उहाँहरू आउनुभयो तर दाजुले अँध्यारो अनुहार पार्दै भन्नुभयो- “बहिनी, दमक बन्द भयो रे उतका साथी सातजना चाँहि हिँडिसक्नुभयो अरे । अरु आउने सम्भावना नै छैन ।” “दाजुको मुखारविन्दुबाट यस्तो कुरासुनेपछि मेरो पनि मनोविज्ञान खस्कियो । कार्यक्रमको भव्यतामाथि शंका र उपशंकाका सिर्कनाले लखेट्न थाले । पूर्वको हालत त्यो छ विराटनगरको के हुने हो ? देवकुमारी दिदी आउनुभएन भने त झन कार्यक्रमनै अधुरो नै हुने भयो । मैले पुन इश्वरको कामना गरे कार्यक्रमको सफलताको लागि । यति भएर पनि हामी सक्रियरूपले लागि परेका थियौँ । रोशन भाइले कार्यक्रमको लागि गाडी सौजन्य गनुभएको थियो । गाडीमा कार्यक्रमका लागि भनिएका सबै सामान राखी हामी जेसिज हलतिर लाग्यौँ । गोविन्ददाजु सबैकुरा आफै हेर्दै पटकपटक मलाई सोधपुछ गरिरहनुहुन्थ्यो । व्यानर टाँस्नेदेखि लिएर खानापानीको व्यवस्थामा आफैले अगुवाई गर्नुभयो । दाजुको यो हामीप्रतिको हार्दिकता र आत्मीयताको मूल्याङ्कन गर्ने कुनै यन्त्र छ कि भनी पत्ता लगाउन मैले मनमनै मन्थन गरे तर अहिलेसम्म यसको लम्बाई, चौर्डाई र गहिराइ नाप्ने यन्त्र बनिनसकेको तथ्य फेला पारेपछि आफै नतमस्तक भएँ । दाजुले यसरी भाषा साहित्यको लागि गर्नु भएको योगदानको लम्बाइ, चौडाइ पूर्व मेचीदेखि पश्चिम महाकाली हुदै देश विदेश फैलिएको पाएँ मैले र त्यो अरिमित क्षेत्रफल नाप्न मेरो औकातले नपुग्ने अडकल काटे । हलको काम सकेर हामी खाना खान आयौँ । देवकुमारी दिदीलाई ल्याउनका लागि विवश पोखरेलज्यूलाई अनुरोध गरेको थिएँ । उहाँले दिदीलाई ल्याउने मात्र होइन अरु किसिमको सहयोग गरेर प्रतिष्ठानलाई गुण लगाउनु भयो । सो दिनको अन्य कामहरू साथीहरूले बाँडफाँड गरेर लिनुभएको थियो । विराटनगरबाट आउनुपर्ने पाहुना र दिदी देवकुमारी थापाज्यू आउनु भएपछि हामी ढुक्क भयौँ कार्यक्रम सफल हुन्छ भनेर । विरानगरबाट कवि कृष्णभुषण बलदाइ, मधुपोखरेल, ज्योति जगल, सविता गौतम, देवी पन्थी, आदि आउनु भएको थियो भने इटहरी, धरानका चर्चित साहित्यकारहरू हुनुहुन्थ्यो । केही समयपछि झापाबाट लीला अनमोल, भवानी क्षेत्री पनि आइपुग्नु भयो । उहाँहरू बन्द भएर पनि मोटरसाइकलमा अत्यन्त दुख गरेर आउनुभएको थियो । त्यस्तै बेलबारीबाट धनराज पराजुली अन्य साथीहरूको साथमा आउनुभएको थियो । पहिलो चरणको कार्यक्रम सक्दानसक्दा देवकुमारी दिदीको स्वास्थ्यको कारणले घरजाने मनसाय देखाउनु भयो । उहाँलाई घर पठाउने तयारीमा लागेँ म । देवकुमारीदिदीसँग आर्शीवाद लिन केही बोलेर निस्कन लाग्दा कसैले भेनको ढोका जोडले लगाइदियो । त्यसमा मेरो औला चेप्टिए । सबैजना आत्तिनुभयो । भगवानको कृपाले त्यस्तो ठूलो चोट लागेन । तर निकै मजाले दुख्यो । कसैलाई भनिन् । पहिलो चरणको कार्यक्रम सफलताका साथ पूरा भएपछि म निकै आश्वस्त भए अब दोस्रो चरण पक्कै राम्रो हुनेछ भनेर । दोस्रो चरणको कार्यक्रममा छोरीहरू श्वेता र सदिच्छा नाच्ने थियो । संयोजकसँगै आमाको भूमिकाले मलाई अत्यन्त व्यस्त बनाएको थियो । फेरि दोस्रो चरणको कार्यक्रम संचालन गर्नुहुने कवि मनु मन्जिललाई मैले नै सहयोग गर्नु थियो । श्वेताको सुन्दर नृत्यबाट कार्यक्रम सुरु भयो । समारोहमा एक प्रकारको रोमाञ्चकता र रौनकता थपियो । नृत्यसँग चर्चित कविहरूको शक्तिशाली कविता र सुमधुर गीत संगीतले कार्यक्रम सफलताको शिखर चढिरहेको महसुस गर्‍या्रैँ । गोविन्ददाजुसँगै हामीमा पनि इटहरीमा एउटा ऐतिहासिक कार्यक्रम सफल पार्‍यौँ भनेर विजय मुस्कान झल्किएको थियो । कार्यक्रम सकिदा साहित्यिक सफलताले एउटै बेग्लै रोमाञ्चकता, जागरण, उत्साह र उमङ् हामीमा जन्माएको थियो । जसले भोलिपल्टको कार्यक्रमलाई मानसिक र शारीरिक पौष्टिकता प्रदान गरिरहेको थियो । कार्यक्रम सकिएपछि दाजुको एफएममा बोल्ने कार्यक्रम थियो । बोल्ने कार्यक्रम सकिएर दाजु मेरो घरमा खानाखान आउनुपर्ने थियो । दाजु आउनु हुँदा मेरो हात जोडले दुखिरहेको थियो । औषधी लगाएपछि केही विशेक भयो । दाजुलाई पनि यो कुरा बताएँ । वास्तवमा त्यो क्षण अझ अप्रिय घटना घट्न सक्थ्यो । अझ औला चुडिन बेर लाग्दैनथ्यो यदि त्यस्तो भएको भए के हुन्थ्यो त्यसपछि अत्यासियो मेरा मन । भोलिपल्टको कार्यक्रम कविगोष्ठीका साथै दाजुको कार्यपत्र थियो । गोविन्ददाजुको कार्यपत्र आफैमा एउटा अनुपम थियो । त्यो अनुपमता र अनुकम्पा प्राप्त गर्ने हामी इटहरीवासी र उपस्थित साहित्यकारहरू सौभाग्यको शिखरमा चढिरहेका थियौँ । यो कार्यक्रम पनि अत्यन्त भव्यताका साथ शान्त, सुरम्य र सुन्दरस्थलमा कवि सुमन पोखरेलको आतिथ्यतामा सम्पन्न हुन गएको थियो । यो कार्यक्रम पनि आफैमा महत्वपूर्ण र ऐतिहासिक थियो । कार्यपत्रमाथिको विचारविमर्शहरू वौद्धिकजगतका ब्रहास्त्रसरह थिए । विचार र विद्धत्वले खारिएको भएको दाजुको वक्तव्यको प्रत्येक वाक्य मननीय र स्मरणीय थिए । विचारविमर्शसँगै वाचन गरिएका कविताहरू एकसेएक वजनदार थिए । वौद्धिकताको आँगनमा काव्यरससँग लिइएको रत्यात्मक आत्मानुभुति लिन सबैजना कामातुर थियौँ । समयले पङ्खा लगाउँदै उड्दा पनि हामीले विरोध गरेनौँ । तर प्रकृति त समयको वशमा हुन्छ भने हामी सूक्ष्म जीव । समयसँग सम्झौता गर्नुको विकल्प थिएन । मन र मतिष्कमा साहित्यिक सुखानुभुतिको नौलो तरङ्बाट वशिभूत हुँदै नेशनल होटेलको खानपानका लागि हामीले मोर्चा कस्यौँ । नेशनल होटलको खानापिनपछि हामीले सबै अतिथिहरूलाई हार्दिकताका साथ विदा गर्‍यौँ । वास्तवमा अतिथि साहित्यकारको उपस्थितिले नै कार्यक्रमको भव्यता बढेको थियो । हामी सबै एउटा महायुद्ध जितेझै ऐतिहासिक साहित्यिक गरिमामय महोत्सव सम्पन्न गरेकोमा हषिर्त थियौँ । यस कार्यको सबैभन्दा बढी श्रेय कवि मनु मन्जिल र मैले पाएका थियौँ । इटहरीले अब यस्तो संयोजन, यस्तो सौभाग्य यस्तो समय फेरि पाउला नपाउला म त्यस्को ज्योतिषिय रूपरेखा कोर्न थालेँ । साँच्चै समय वायुयानको गतिमा उड्दै थियो । गोविन्ददाजुलाई ४ बजेको फ्रयाइटलाई एयरपोर्ट पुर्‍याउनुपर्ने समयले र्सतक गराइसकेको थियो । हामीले कार्यक्रमको बारेमा विस्तृत छलफल गर्न पाएका नै थिएनौँ । दाजुलाई विदा गर्ने समय भइसकेको थियो । यस्तो विजय उत्सवको क्षण विदा हुन धेरै गारो पर्दोरहेछ । तर पनि सांसारिक नियम मान्नै पर्दोरहेछ । तीन दिनसम्मको दाजुको समिप्यतामा मैले धेरैकुरा सिक्ने र अनुभव गर्ने मौका पाएको थिएँ । गोविन्ददाजुले गर्नुभएको अवर्ण्र्ााीय सहयोगको धरालतीय नापतौल गर्न अहिले पनि म अर्समर्थ थिएँ । लिगभेद, जातभात, भौगोलिक सीमा कुनै वाद सिद्धान्तको संकुचित घेरामा नरही साहित्यप्रति गर्नुभएको दाजुको यो योगदान इतिहासमा जिवन्त भएर रहनेछ । यो योगदानबाट प्रत्यक्ष लाभान्वित म दाजुको यो सहयोग कसरी व्याख्या गरु ? अन्धकारमा रुमलिएको छु । यो उत्सापूर्वक गरिएको ऐतिहासिक गरिमामय कार्यक्रमको समयले कसरी मूल्याङ्कन गर्ला ? समयको समाधिस्थलमा एउटा ऐतिहासिक गरिमामय स्मृतिगाथा पुरिएको थियो, जुन स्मृतिगाथामा मेरो साहित्यिक लगन, प्रतिष्ठा र प्रतिभाको गाथा गोविन्ददाजुको समिप्यताले प्रज्वलित भइरहेको थियो । आज पनि कहिलेकाही मेरा ती चोट खाएका औलाहरूले त्यो ऐतिहासिक गरिमामय क्षणको पुनरुत्थान गरेर हृदयभरी रोमाञ्चकारी संस्मरणको आलोक संप्रेषित गर्दछ जसरी उत्खनन नारी साहित्य प्रतिष्ठानले नारीको योगदानको उत्खनन गरेर समाजमा पदार्पण गरिरहेछ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *