-भानु सुनुवार “तिरस्कृत”

चोखो मायाँ मुटूभरि, पाली राख्नु काली,
मेरैलागि त्यो सिँउदो, खाली राख्नु काली ।

तिम्रै न्यानो साथ पाए, फूल्छ मेरो खुशी,
सँगै फूल्न खुशीजति, चाली राख्नु काली ।

लुट्छु भन्दै प्यासी मन, वरी परि घुम्ला,
यस्तो बेला दिलपनि, टाली राख्नु काली ।

हिजो आज यो धर्तीमा, रुपै हेर्छन् मान्छे,
सौदर्य त पर्दा भित्रै, हाली राख्नु काली ।

बहकिन्छ भन्छन् मन, शंका रोप्न थाल्दा,
विश्वासको दियो मात्र, बाली राख्नु काली ।

आई दिन्छु जन्ति लिई, मायाँ बोक्दै म त
‘भानु’मेरै भन्ने आश, पाली राख्नु काली ॥

रचनाकाल : १२ अक्टोबर २०१०
दोहा कतार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *