– इन्द्र नारायण चोङ्बाङ्

स्वर्ग झैँ देश हाम्रो मन्दिरका बस्तिहरु,
देवताका कोटी लिला हाम्रा पिता-पुर्खाहरु ।
सम्मान गर यो धर्तिको तराई हिमाल पहाडको,
पुजा गर यो माटोको मातृभूमि नेपालको ।

सगरमाथा अग्ली अग्ली गौरबको गाथा गाउँछ.
निलो आकाश झुकी झुकी शान्तिको गीत सुनौछ ।
आँखा खोल्दा हिमाल देखुँ पाइला चाल्दा नेपाल टेकुं,
यो मुटुको ढुकढुकीमा नेपालको माया भेटुँ ।

दाजु भाई हातेमालो गरि हिंडे प्रगतिको,
ढोका खुल्छ उन्नतिको मातृभूमि नेपालको ।
आँखा खोल्दा हिमाल देखुँ पाइला चाल्दा नेपाल टेकुं,
यो मुटुको ढुकढुकीमा नेपालको माया भेटुँ ।।

ताप्लेजुंग

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *