-चर्चित ढुंगेल
केले निभाउन सक्छ त्यो बनमा आगो लागेपछि,
केले निभाउन सक्छ यो मनमा आगो लागेपछि !

जलले निभ्छ बन्को आगॊ प्रेमले मन्को आगो,
केले निभाउन सक्छ यौवनमा आगो लागेपछि !

यौवनमा सल्केको आगो स्पर्शले निभाउने गर्छ,
केले निभाउन सक्छ नयनमा आगो लागेपछि !

निरले निभाउन सक्छ नयनको त्यो आगो पिन,
केले निभाउन सक्छ पवनमा आगो लागेपछि !

पवनमा सल्किएकॊ आगो पहाडले निभाउछ,
केले निभाउन सक्छ जीवनमा आगो लागेपछि !!

७७१३६६३९

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *