–  टेकेन्द्र अधिकारी

 


(१)
तन्त्र कि मन्त्र
संविधान बन्दैन
त्यस्तै छ चाला

(२)
डाक्टर छोरो
विदेशमा पढेको
बाबु बिरामी ।


(३)
सक्नेले लुट
लोकतन्त्र आकै छ
मौकामा चौका ।

(४)
दशैँको दिन
गरीबका घरमा
हरियो काँक्रो ।

(५)
छोरा र छोरी
भेदभाव नगरौँ
छोरै चाहिन्छ ।

(६)
एकाबिहानै
कराउँदैथ्यो काग
इमेल आयो ।

(७)
झ्यालका डण्डी
रङसँग जिस्किन्छन्
दशैँ आएछ ।

©
-टेकेन्द्र अधिकारी
ज्यामिरे-८, खोटाङ
हालः विराटनगर मोरङ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *