– अनुराग कंडेल
तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
ठिक्कै लाग्थ्यो पैलो भेटमा ऐले राम्री भाकिछौ
पुर्णिमाको जुन बनेर मनै भरि छाकिछौ
तिम्रै लागि पथ्थर मुटु गालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
जित्छु मन भनि कसम तिम्ले पैलै खाएपछी
सुस्तै सुस्तै चाल्दै पाईला जिन्दगीमा छाएपछी
घृणा फालि न्यानो माया पालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar