– हरि मानन्धर “विवश”

तिमी बिना एक्लै यहाँ जुनी काट्न गाह्रो भा’छ
माया भन्ने चिजै यस्तो फेरि साट्न गाह्रो भा’छ ।

मन दुखे त सम्हाल्नेथे, खै के भयो विचित्रै भो
झरी परे पछि बादल फेरि फाट्न गाह्रो भा’छ ।

रङरोगन लगाएर सुन्दर पार्ने इच्छा छैन
आफ्नै मन मारी अब, फेरि ढाँट्न गाह्रो भा’छ ।

अरू बाँकी के नै छ र? परदेशमा एक्लै बस्दा
को विरानो को हो आफ्नो, फेरि छाँट्न गाह्रो भा’छ ।

धनको लोभले मन भरियो, मनको लोभ सधै खाली
देशकै नुन मिठो थियो फेरि चाट्न गाह्रो भा’छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *