म त धर्तीको धुलो तिमी सगरकी भयौ

मुल्यवान हीरा तिमी नगरकी भयौ l


फूल पनि झर्छ आखिर समय आए पछि
गुड पनि तितो हुन्छ धेरै खाएपछि,

मलाई तितो बनाएर तिमी पराई घरकी भयौ
मुल्यवान हीरा तिमी नगरकी भयौ l



जुनीभर साथ दिने सुरुमा कसम खान्छन
लुट्नु लुटी सकेपछि एक्लो बनाइ जान्छन,
दोबाटोमा छोडी मलाई तिमी अर्कै थरकी भयौ

मुल्यवान हीरा तिमी नगरकी भयौ l
म त धर्तीको धुलो तिमी सगरकी भयौ
मुल्यवान हीरा तिमी नगरकी भयौ ll


लखनपुर-१ झापा
हाल-अबुधाबी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *