– चर्चित ढुङेल

रगतकै नाताले मेरी बहिनी
बिहान र दिउँसो
बैठक र पाकघरमा आउँछिन
जब दिन ढल्छ र साँझ पर्छ
मेरो सयनकक्षमा आउँछिन
जन्मेकै भेसमा



अर्थात
सर्बाङ नाङै
म घरमा नहुँदा
कुन्नी कसलाई पछ्याउँछिन ?
कुन्नी को को सँग
के के गर्छिन ?
म घरमा हुँदा मलाई पछ्याउँछिन
छायाँ जस्तै भएर
मेरै कखमा बस्छिन
माया जस्तै भएर
म उन्का कपाल
औँला छिरएर खेलाउँदोछु
उन्का कोमल गालामा
सारा सरिरभरी
मिठो चुम्बन गर्दोछु
उनी पनि तेसै गर्छिन्/ गर्न लगाउँछु
म उनको स्पर्शले थक्दिन
उनी मेरो स्पर्शले थक्दिनन
उनी हुरुक्क हुन्छिन
म भनेपछि
म अधर्य हुन्छु
उनी भनेपछि
यसरी नै
बिहान हुन्छ दिउँसो
दिउँसो हुन्छ साँझ
साँझ हुन्छ रात
र रात हुन्छ बिहान
उही दिनचय्र छ
निरन्तर् चलिरहेको
उही प्रक्रिय छ
निरन्तर् गरिरहेको
आज पाँच बर्षसम्म
केही बद्लिएको छैन
हामी दुबैको उमेर बाहेक
केही फरक भएको छैन
केही फरक परेको छैन
हामी त्यसरी नै हाँस्दैछौँ
हामी त्यसरी नै बाँच्दैछौँ
मान्छेले हामीलाई
जसरी हेरुन
जसरी बिझुन
मलाइ केही फरक पर्दैन
उनलाई केही फरक पर्दैन
तपाइँलाई फरक पर्छ की ?
पर्छ भने आउनुहोस्
तपाइँ हामी मिलेर
मेरी प्यारी बहिनीको
चौथो जन्मदिन मनाऔँ
चर्चित ढुङेल
रेगिस्तनबाट


Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *