-बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’

सौम्य
गगनमा कावा खाँदै
पवनको बेगसंगै एक हुल
शान्ति दुत
स्यम्भुका निश्चल,शान्त र
निश्कंलक आँखाहरुमा उत्साह भर्दै

पशुपतीको घण्टासंगै
टङ्ग,टङ्ग,टङ्ग स्वर घ्वनीमा
उत्प्रेरणाको शङ्खघोष गर्दै
नयाँ आकाश,आकार,आकाक्षाको सदबीउ छर्दै
बोद्धका दुई आँखा ज्ञान र शान्ति भर्दैछ ।।
आज उडान भरी अंहकारले आत्माहत्या गर्दैछ ।।
घन्टाघरको
सामिप्यमा मस्जिद अमन,चैनको
आमिन अल्लाह ! भन्दै आत्मानुभुति बाड्दै
भाइचारा रोप्दैछ,एकताको सन्देश फैलाउदै छ
वशिभुत बनेर नयाँ पालुवा मौलाउदै छ ।।
वरिपरि
चर्चसँग साक्षात्कार गर्दै
पादरीहरु देशको आँशुलाई रोक्न
किलामा झुन्डिएका पर्मेश्वरलाई बिन्ती चडाउदै
सुषुप्त सङ्घर्षलाई ओज र गहनको प्रार्थना गर्दैछ ।
अवसान आँखामा न्याय,शान्तीको शुभकामना भर्दैछ ।।
तर
कुहिराले ढाकिएको आकाशमा
सम्साझैं अन्धकारले जरा गाडेको छ ।
पारी पट्टी पाशर्वछांयामा
एक हुल गिद्धहरु चुचाहरु तिखार्दै
शान्तीदुतको उडान रोक्न
उडान भर्ने शान्तिदुतहरु आन्दोलित देखिन्छ ।।
आत्मवलले कावा खाँदै
उद्धेलित देखिन्छ ।।
उडान भर्न निस्किएका बेगहरुले अझै बाज छल्नु छ ।।
उडान भने निस्किएका परेवाहरुले अझै वाद झेल्नु छ ।।
उडान भर्न निस्किएका पक्षीहरुले झनै साँझ झेल्नु छ ।।
होसियार पोखरीमा भोका गोहीहरु छन् !
आफैलाई ठुलो सम्झने ह्वेलमाछाका दाँतहरु पनि छन् ।
कहिल्यै नभरिने थुप्रै मनुवाका
प्रमिथसको आशमा अझै शान्तिदुतहरु उडान भर्दैछ ।
आशा त्यान्द्रो झुण्डाएर पवनसंगै वेग बढ्दैछ ।।
आँतहरु पनि छन् ।।

मिति:०६७-०७-११ बिहिवार

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *