(मनोवाद कथा) –  बुद्ध चेम्जोंग 


सबिताको बिबाह भएको  महिना जति भएको तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमाकाम गर्छन | दिपक निकै मेहनेती अनि चलाक पनि  पहिलो छुट्टीमा आउदा सबितासंग मागी बिहे भएको हो |आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिएआखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइकमसम्मपढेको केटो थियो | सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म संगै बसे होलानके गर्नु दिपक दुबईसहर काममा फर्कनु नै थियोआखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो | घरमा ६५ बर्ष काटेको बुवा अनि सधैबिमारी भइ रहने आमा बाहेक कोहि थिएनन् |

सबिता निकै खुशी थिइन दिपक देखि निकै रोमान्टिक अनि हसिलो थियो | बिहे भएको पहिलो दिन नै सविताकोमन जित्न सफल थियो उसले | ती बिहे पछिका दिनहरु अनि दिपकसंग बिताएका सम्झनाहरु सविताको मनमाताजै  | दिपकसंग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाइ ज्यादै प्रभाबपरेको  | त्यसैले अझ पनि सासु ससुरालाई स्याहार्दै पनि सबिता बि.कम
पढिरहेकी छेघरमा कुनै अप्ठयारो छैन,सासु ससुरा पनि बुहारी सबितालाइ आफ्नो छोरी झैँ माया गर्छन |

सबिता आज अलिक दिक्दार छे कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नुइकोनोमिक हुनुजान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको त्यसैले सबितालाइ निन्द्रा लागिरहेको छैन | आखिर मैले त्यस्तो केनै खर्च गरे होला | खालि क्याम्पस फीकिताब कापी अनि केहि लुगाहरु अनि स्रिंगगार पटारका सामानहरु  होनी |अरुका लोग्नेले आफ्नो श्रीमतीलाइ निर्धक्क पैसा चलाउन दिन्छनआफ्नो लोग्ने चाही यस्तोसबिता आफै गुनासोगरिरहेकी छे |  चाही त्यहा मस्ती गर्दो होमनमनै शंका गरी आफ्नो लोग्नेलाइ | हुन पनि नाना भाति कुराहरु सुनेकीछेदुबई सहरमा गएर धेरै मान्छेहरु बिग्रिएकोबिहे भएको केटाहरु पनि अरु बिदेशी केटीसंग लाग्छन रेसंगै बस्छनरे इत्यादी | के थाहा मेरो दिपक पनिआफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छेयति सोच्दा सोच्दै झन सबिताभावनामा बग्छेकल्पना गर्न थाल्छिन | आज दिपक आफुसंगै काम गर्ने कम्पनिको एउटी बिदेशी फिलिपिनाकेटीलाइ लिएर अंग्रेजी सिनेमा हेर्न गएको  | दिपक  त्यो केटी एक अर्कालाइ अँगालो मारेर बसेका छन् | त्योअंग्रेजी फिलिम निकै उतेजक हिरो  हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित  | डु युलाइक इटफिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ” एस एसइट्स नाइस मुभी” उसले उतर दियो | अब सबिता रिसले चुर हुन्छेतिनी आफै दिपकसंग बदला लिन चाहन्छिन |  भन्दा  के कमजाबो आइकमतपास गरेको  दिपकले |   बि.कमपढ्दै छुसबितामा घमण्ड आयोकोहि मन मिल्दो हेन्डसम केटा भेटेमा साथीबनाउनु पर्ला | के दिपकले मात्रै केटी खेलाउनु मिल्नेमैले केटा साथी बनाउनु मिल्दैन पनि मजाले घुमाउला,रमाइलो गरौला | अहिले जमाना नै आधुनिक भएको सकेको मोज  गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरु |यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् |
बिहानएईबुहारी   उठघाम उदाईसक्योभनेर सासुले बोलाउदा पो सबिता झसंग बिउझीन् | अनि सासुससुरालाइ हतार हतार चिया बनाई दिइन् बिहानको खानाको लागि तयार गर्न थालिन् | सबिताको दिउसोको क्लासथियो पदमा कन्या क्याम्पसमा | दिउसो क्याम्पसमा साथीहरुले सोधे सबितालाइ एईसबिता के  अनि तिम्रोबुडोको हाल खबरकतै अरु केटीसंग  लागेको छैनअलि विचार गर है | विदेशमा  जे गरे पनि हुन्छ रेकसैलेचिन्दैन रेयहा नेपालमा बिहे गरे पनि अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे | ” खोइठिकै हिजो फोनगर्नु भएको थियो उहाले” सबिताले छोटकरीमा उतर दिइन् |
आज पनि किन हो सबितालाइ हिजो जस्तै निन्द्रा नै लाग्दैनत्यो माथि क्याम्पसमा साथीहरुले “अलि विचार गर हैभन्ने शब्द सबिताको मनमा गुन्जीरहेको  | सबिता सोच्न थाल्छेदिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमाघुम्दै होलाअनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसंग हास्दै होला | तिनलेकहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाइ मनमनै कल्पना गरी | यो छोरा मान्छेको जात नैयस्तोकिन मलाई यहा बिहे गरी राखेर विदेश गएको होलाआफु चाही मोज गर्नेयता  चाही तड्पिरहेको छु |आफ्नै जवानी देखिखोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहोसबिता झस्किन्छे | तिनलाई अचानक रिसउठ्छदिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्लामेरो यौबन त्यतिकै खेर जान  दिनु भएननि | तिनले सम्झीआफ्ना क्याम्पसका साथीहरु अनि तिनीहरुको बोय फ्रेन्डहरुकति मोज गर्छनघुम्छनसंगैबस्छन | आफु चाही सासु ससुरालाइ स्याहार गर्यो बस्योसविताले इर्श्या गरी आफ्नो साथीहरुसंग पनि | सबितादोधार परीआखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर  मेरो साथमा छैन भनेके यो नै जिबनको सार हो ?लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै कतिन्जेल यसरी बस्नुसबितालाइ यौबनजवानीको मजा लिनेबानी परिसकेको  दिपकसंग बिहे भए पछि | आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन  जवानीको मजालिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु | “हेमेरो मन पनि” सबिता आफैलाइ सम्हालिन्छेजे भए पनिउहा मलाई माया गर्नु हुन्छभन्दै सबिता आफैलाई शान्त्वना दिन्छे |
शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन् | साझ  बजे बोलाएको थियोनिकैअरु साथीहरु पनि रहेछन | आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिलेत्यहा केटी साथीहरु पनि वाइन पिउदैरहेछन | सबितालाई पनि वाइन पिउन कर गरेसबै पिउछन भने  चाही नपिएर के नै हुन्छ सविताले पनिवाइनको गिलास समाइन् | वाइनको साथ साथै केहि मासुका टुक्राहरू खाइन्पछि बर्थ डे केक काटियोकेक रिनालेपहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाइ खुवाए | सबै जना वाइनले मातिदै गएकेटाहरु चाही कोहिव्हिस्की अनि बियर पिउदै थिएसबितालाई पनि वाइनले केहि दिमाग रिन्गाएको जस्तो लाग्यो | त्यहा संगीतकोधुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियोसबिताका साथीहरु आफ्नो बोय फ्रेन्डसंग कम्मरमा पक्रेर नाच्दैकोहिकुरा गर्दै थिए सबितालाई पनि अब मन लागेको थियोकुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तोगर्नु मन लाग्यो | साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाईआखिर संगत  हो, ” एई सबिता आइजन नाच्न” रिनाले कर गरीज्याकसंग भिडाई दिइ | अब सबिता ज्याकसंग नाच्न लागिज्याकले हातमा पक्रेरघरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो | अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताकोनितम्ब छुदा तिनी लाजले रातो हुन्थिन | आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन्सवितालेनिकै बेर नाची रहेज्याक  सबिता | साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउनआए |
अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियोसबिता ओछ्यानमा पल्टीसोच्न थाली दिपकको बारेमा |दिपक आज साझ त्यो बिदेशी केटीसंग डिस्कोमा नाच्दै होलानकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दैहास्दै होलिन् | दिपक पनि खुशीले त्यो केटीसंग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला | छोरामान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासंग नाच्दाको मिठो कल्पना गरिन्,| ज्याकले पनि जानअन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियोशरीरमा करेन्ट पैदा भएको सम्झीन्दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाइ च्यापसमातेर लाडीन्दै ” आइ लभ यु दिपकडोन्ट लिभ मि अलोन” भन्दै होलिन् | दिपक पनि ” एस बेबीआइ लभ यु टूभनेर चुम्बन गर्दै होला | आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगीअबम पनि बोय फ्रेन्ड बनाउछु | आखिर कतिन्जेल  तड्पिनुसोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधैमलाई घुरेर हेरी रहन्छ | आखिर  पनि हेन्डसम अनि जवान यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् |
यस्तैमा एक दिन घरमा दिपकको फोन आयो नेपाल फर्कदै छु | यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनि बन्दभयोआर्थिक मन्दीले गर्दा सबै कामदारलाइ घर पठाउदै  | कम्पनिले तलब पनि  महिना देखि दिएको छैनमसंग बचेको केहि पैसाले ” सबिता तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु | मैले तिमीलाई एकदमैमिस गरिरहेको छु” भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो | कन्स्ट्रक्सनमा काम गर्न कतिगाह्रो भयो होलात्यस्तो बाहिरको गर्मीमासाएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छभनेरफोनमा भनेको कुरा याद गरिन् | मलाइ यति माया गर्ने श्रीमानलाइ नाना भाति कुरा सोचेसाथीहरुको लहलहैमा कुरासुनेरसबिता आफैलाई दोषी ठानी | तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुनथालिन् | 

राजारानी  धनकुटा अक्टोबर २००९
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *