-रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’

१.
तमोर खोला
माछाको घर ढोक्सा
जीवन यात्रा।
२.
गोधूली साँझ
छिचिमिराको चेत
कटमिरो सास।

३.
सौम्य हिमाल
नागबेली चेतना
विचार टापू।

 

४.
झुलनबाग
तुषारे जिजीविषा
नियति खोट।
५.
शान्त त्रिशुली
सिकसिको बँचाइ
धमनी धर्म।
६.
छहरे चेत
सिसिफस समय
नाभो अन्न।
७.
झुल्किंदो घाम
अरिंगालको गोलो
जीवन भोग।
८.
बिजुली झिल्को
धर्तीमा रजश्वला
मालश्री धुन।
९.
बलेको दियो
हावाको जवानीले
निभ्यो मूर्तिमा।
१०.
सौम्य हिमाल
भद्र सुनगाभामा
चुलिंदो शीत।
११.
चम्किला तारा
पानीका छहरामा
चुहिँदो रात।
१२.
गोधुली छायो
रूमानी तीर्थाटन
पहाडी खोँच।
१३.
ओर्लिँदो शीत
वृन्दावनमा कृष्ण
राधाको मन।
१४.
पवित्र नदी
कुरूक्षेत्र समय
अस्तित्वबाद।

 

१५.
हरियो यथार्थ
सिकन्दर महान
ज्ञापनपत्र।
१७.
ह्याथ्रुङ्ग छाँगो
जीवन रंगमञ्च
पानीको फोका।
१८.
शान्त समय
काटिइएका प्वाँख
उड्ने रहर।
१९.
प्राकृत् नमन
मदानीको मनमा
जीवनचक्र।अस्ताचलमा
फुलहरूको भीड
मन उदायो। अस्ताचलमा
फुलहरूको भीड
मन उदायो।
२०.
मन्द बतास
बैलाको गर्भधान
बाँझो समय।
२१.
शान्त पवन
जीवन चक्रपथ
स्मृतिका डोब।

 

२२.
लम्किदो रात
झिलिमिली जीवन
च्याम्पोटी मन।
२३.
शीतको थोपा
सिमली डाँडा रून्छ
चराको आँशु।
२४.
प्रकृति छटा
सभानाको जंगल
मान्छेको छानो।
२५.
छालमा बग्दा
मिसिसिपिको सिपि
राम प्रसां।
नोभेम्बर सन्२०१०
रामप्रसाद प्रसाईं आशुतोष आंशु
कालीखोला (तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *