– हरि मानन्धर “विवश”

वियोगको आँशुसँगै, आफ्नै व्यथा लेखेको छु
साँच्चै फर्की आउँछु प्यारी सपना नि देखेको छु ।

तिमी विना सधैँभरि विवशतामा बाँचेको छु
तिम्रो फोन आउँदा मात्रै बल्लतल्ल हाँसेको छु
परदेशको जिन्दगीमा, सयौं दुःख खेपेको छु
साँच्चै फर्की आउँछु प्यारी सपना नि देखेको छु ।

तिमीसँग भेट हुने, दिन पनि गनेको छु
फर्कि विदेश आउनेछैन सबैलार्इ भनेको छु
कल्पनामा बहकिँदै सुन्दर पाइला टेकेको छु
साँच्चै फर्की आउँछु प्यारी सपना नि देखेको छु ।

वियोगको आँशुसँगै, आफ्नै व्यथा लेखेको छु
साँच्चै फर्की आउँछु प्यारी सपना नि देखेको छु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *