-अतित मुखिया




रेखा
बर्गिकृत विज्ञापन भूगोलको
सिमान्तकृत सञ्जाल खगोलको
सरल र वक्र
विशुवत र भूमध्य
मक्कर अनि कर्कट
रेखै रेखा ।

भूगोल बांधेर
असमान भूबिभाजन गर्छ रेखा
दृष्टि भांचेर
दृश्य पृथक पार्छ रेखा
छेउलाएर जाडोमा कक्राउदै ध्रुबहरु
भूमध्य तताउने गर्छ रेखा
समानान्तर आंखाहरुमा
असमान दृष्टि भर्छ रेखा ।
आस्थाका रेखा
वक्र भै बांगिदा
मनुहरु कैयन मोहम्मद जन्माउछन
मोहम्मद कैयन मनु पैदागर्छन
अनि भत्कन्छन
कहिले राममन्दिर
कहिले बावरी मस्जिद ।
वितृष्णाका रेखाहरु
प्रतिशोधमा बांगिदै
कर्कट झैं कंक्रिट
अनि
मक्कर झैं मक्कार बन्दा
अनायास भत्कन्छन टुइनटावर
पुरिन्छनअबोध अनि निर्दोसहरु ।
किन बग्दैन समय
समान सरल रेखाहरुमा
सैयमित बनेर ?
समयसूचक कांटाले
वक्र चक्कर काटिरहदा
ऋतुजस्तै दोहोरिन्छ अन्याय
कतै एकलभ्य औंला गुम्छ
कतै कौटिल्यको कुटिलता फुल्छ
तब बन्नपुग्छनभूमिपुत्रहरु भूमिहीन ।
रेखाकै भुमरीमा पर्दा
अनिकाल ओढेर
भोकभोकै मर्छन भूमिहीन भूमिपुत्रहरु ।
अथवा विकल्पमा
शिमा कोरेर आफुहरु विच नै
आफनैहरुसंग युद्ध गर्छन
काटामारमा आफै मर्छन
यसरी नै दोहरिने गरेकोछ
रेखीय इतिहास पटक पटक ।
यसैले रेखा
कमैलाई फाप
अधिकलाई अफाप बनेकोछ
थोरैलाई पुण्य
धेरैलाई पाप बनेकोछ
बांगालाई वरदान
सोझालाई श्राप बनेकोछ ।
रेखा
अझैपनिभूगोल बांधेर
असमान भूविभाजन गर्दैछ
दृष्टि भांचेर
दृश्य पृथक पार्दैछ
रेखा
वर्गिकृत विज्ञापन भूगोलको
रेखा
सिमान्तकृत सञ्जाल खगोलको ।
 ·  · Share
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *