भगवती बस्नेत
सिएनएन हिरोइन २०१०, अनुराधा कोर्इराला, माइती नेपाल

नारी पुरुष बराबरी अधिकार आधा आधा
धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा

बेचिएर ठगिएका चेली सबको उद्दार गर्दै
शिक्षा स्वास्थ्य स्वावलम्वन, पनि बन्न सिकाउदै
अन्यायमा परे धेरै चेली हाम्रा सिधा सादा
धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा

संरक्षण रोजगार घरवार छुटेकालाई
बाँच्ने आधार दियौ अनु, भित्री मन टुटेकालाई
अलपत्र परेकाको, फुकाईदियौ पीर वाधा
धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा

(नेपालकी उदाउँदो तारा, अनुराधा कोइरालाले माइती नेपाल मार्फत नारी हिंसाको विरूद्धमा गर्नुभएको महान योगदानको कदर गर्दै सिएनएन हिरोइन २०१० बन्नुभएकोमा सम्मानपूर्वक उहाँको उच्च भावनाको कदर गर्दै यो गीत यहाँहरू समक्ष पेश गरिएको गीत)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *