—दाजु गुरुङ्ग
मान्छेहरु
मान्छेले मान्छे वगाउने भेलहरुमा
मान्छृको मानव सागरमा
हराइ रहेका छन ।
जिन्दगीका दौडहरु
जीवनका वक्र—रेखाकीय यात्राहरु
रुमलिरहेछ मान्छे हराउने सागरहरुमा
छाती भरि सञ्चित तृंप्त —अतृप्त चहानाहरु
एक मुठ्ठी सुस्ताउने विश्रामको श्वास प्रश्वासहरु
कृतिम धुलाहरु र इञ्जिनका काला धुवाहरुमा
तरलित भइरहृेछ यो ककिृटको जंगलमा ।
मान्छेहरु
मान्छे हराउने सपनाको शहरमा
व्यास्त छन अभ्यास्तछन
घाम उदाउछ , अस्ताउछ
कुनै हेक्का छैन ।
जिन्दगीका भोगाइहरु
जिन्दगी समाउने मान्छेहरुका दैनिकीहरु
यन्त्रिक भइरहेछ मान्छे वगाउने भेलहरुमा
स्वचालितछन पाइलाहरु ,तरलितछन तृष्णाहरु
मन भरि सगरमाथा जत्रा उधारो सपनाका भारीहरु
हरपल आगो फूmल्ने वालुवा र फलाम स‘ग लाप्पा खेल्दै
क‘ाण जस्तै हान्निरहेछ यो मायावी शहरमा ।
मान्छेहरु
मान्छेले मान्छे नचिन्ने यो घना वस्तीहरुमा
दिन र रात एकगरेर
मान्छे खोज्दैछन ,खोजीरहेकाछन
खोज्नुको कुनै अथंर्. छैन ।
यो अन्तहिन यात्राहरु
मान्छेहरु दौडीरहेका वाटाहरुमा
धेरै मान्छेहरु भेटेएका थिए जिन्दगीका मोडहरुमा
निसासिएका थिए ,छठपटिएका थिए आफनैै अजङ्ग सपनाहरुमा
भन्दै थिए घरवाट आु को असक्त वाको पत्र पढ्या छैन
घरपटी हस्पिटल भर्ना भएको धेरै भयो जान भ्याछैन
अरुको के कुरा जिन्दगीले फड्को मारेको थाहा छैन ,
त‘ागामा नारिएको घोडा जस्तो
नेटको सञ्जालमा उनिएर अल्झिएरहे जस्तो
अलामको खवदारी स‘ग दौडीरहेछ यो सपनाको शहरमा ।
मान्छेहरु
मान्छे मोल तोल गर्ने शाृे केशको शहरमा
सजिएका छन ,सजाइएका छन
कॉचका सामान जस्तो , रवरका खेलौना जस्तो
तोड्न पनि हुने मोड्न पनि हुने
यो खुल्ला कमिशनको वजारमा ।
मान्छेहरु
यो कृतिम मानव सागरमा
जीवन —डुङ्खा चडेर सपना खोज्न हिडेका क्याराभानहरु
सपना खोज्ने धेरै धेरै कोलम्वस्का अनुहारहरु
क्ोलम्वस्हरु हराइरहेकाछन सपनाहरु खोज्दा खोज्दै
केलम्वस्हरु लुटिइरहेकाछन नया पिराटस्हरुवाट जिन्दगी रोज्दा रोज्दै
पूmल्न अगावै तुषोरो र ठिहीले निमटेको कोपिला जस्तै ।
आसा र अकॉक्षमा वलतकृतछन.् मानवीय भावनाहरु
चिसिएकाछन मान्छेका जिन्दगीका उत्कृृष्ट चाहानाहरु
कतै सिमेन्ट र वालुवाका भुइहरुमा ,कतै सागरका छालहरुमा
यो मायवी सपनाको शहरमा ।
dajuup@yahoo.com
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *