-सजना गुरुङ
प्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अन्मोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम
शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्छल छहरीमा मानब जिबन जिउछ ! मानब
सम्बन्ध सुमधुर बन्दछ ! परिवार , समाज , देश र विश्वा नै सुन्दर र शान्तिमय बन्न
पुग्दछ ! यो दुई अक्छर्को सम्योगले बनेको प्रेम मा संसार अडिएको छ ! हरेक सम्बन्धले



सार्थक्ता प्राप्त गरेको छ !
पवित्र बाइबल नयाँ करार पहिलो कोरिन्थिको तेरौ
अध्यायमा प्रेमलाई यसरी व्याख्या गरिएको छ , ” मैले मानिसहरु र स्वर्गदुतको भाषामा
बोले तापनि ममा


प्रेम छैन भने , म हल्ला मचाउने घण्टा र झ्याइ -झ्याइ गर्ने झ्याली मात्र हुन्छु !
मसँग अगम्बाणी बोल्ने शक्ती होला , र सबै रहस्य र सबै ज्ञानहरु बुझ्ना सकुँला , र
पहाडहरु हटाउन सक्नेसम्मको सम्पूर्ण बिश्बास मसित होला तर म मा प्रेम चाँही छैन भने
म केही पनि


होइन ! प्रेम सहनशील हुन्छ र दयालु हुन्छ ! प्रेमले डाह गर्दैन , न शेखी गर्छ ।
प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन , झर्को मान्दैन , खराबीको हिसाब राख्दैन ।
प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठीक कुरामा रमाउछ । प्रेमले सबै कुरा सहन्छ , सबै
कुराको पत्यार गर्छ , सबै कुरामा कुरामा आशा राख्छ ,सबै कुरामा स्थिर रहन्छ ।
त्यसकारण प्रेम उत्कृष्ट छ । ” यि वाक्य हरुलाई गहिरिएर सोच्ने हो भने हामी सजिलै
बुझ्न सक्छौ प्रेमको सही परिभाषा ! दुई अपरिचित नर र नारीलाई बैबाहिक सम्बन्धमा
बाँधेर एकर्कामा समर्पित बन्न प्रेमले सिकाउदछ , एकर्कासँग इमानदारी बनी , एकर्काको


नजरमा बिश्बासको पात्रा बन्दै आशा र हिम्मतका साथमा जिन्दगीमा आइपरेका सारा दु:ख र
समस्याहरुको सामना गर्दै दम्पत्य जिबनरथ अगाडि बढाउनलाई पनि प्रेमले महत्वपूर्ण
भूमिका खेलेको हुन्छ । हरेक सम्बन्धसँग प्रेमको फरक अनुभुती आभास गर्न सक्छौ ।
लोग्ने श्वासनी बिचको प्रेम , माता पिता र सन्तान बिचको प्रेम , साथी साथी बिचको
प्रेम , गुरु र सिश्य बिचको प्रेम यस्तै यस्तै धेरै धेरै सम्बन्धहरु बिचको प्रेम ।
जहाँ प्रेम छ , त्यहा प्रतिसोध , क्रोध , घमन्ड र रिसरागको कुनै ठाउँ हुँदैन ! जहाँ


प्रेम छ त्यहा दया माया को बिशाल सागर छ , इमान्दारिता जिबित छ , सदभाव र सहयोगको
मुहान छ , मानवता को सही परिचय छ , सन्तुस्ती र शान्तिको सुखद अनुभुती छ ! तर जहाँ
प्रेम छैन


त्यहा प्रतिसोध छ जुन प्रतिसोधको भावले एउटा मानिस र एउटा परिवार मात्र होइन समाज ,


देश र विश्वालाइनै तहस नहस पारीदिएको छ ! जहाँ प्रेम सुन्या छ त्यहा क्रोध भरिएको छ
,


जुन क्रोधले बिनाश र बर्बादी बाहेक आज सम्मा केही दिएको छैन ! जहाँ प्रेम हुँदैन
त्यहा अहमकारले राज्य गर्दछ , घमन्ड , अहम्कार यिसबले मानव जिबनमा , मानव समाजमा ,
मानिस – मानिस


बिच , राष्ट्र – राष्ट्र बीच लडाईं , झगडा , हत्या – हिम्सा इत्यादी धेरै धेरै
सास्तिमय


परिस्थिती हरुको श्रीजना गरिदिएको छ ! प्रेम त्यो धागा हो जसले हरेक छरिएर रहेको
सम्बन्धलाई एकै ठाउमा उनेर एकतामा बाँधीरख्दछ अनन्त सम्मालाई ! प्रेम त्यो अन्मोल
भाव हो जो अरुको


दु:खमा सहनुभुति राख्दै असहायहरुलाई , असक्तहरुलाई सक्दो सहयोग गर्नका निम्ती
निरन्तर


प्रेरित गरिरहन्छ मानिसलाइ । सबै महामानव हरुको ईतिहास पढ्ने र सुन्ने हो भने
उहाहरुभित्र रहेको अदभूत प्रेमलेनै उहाहरुलाई महान घोसित गरेको छ ! उहाहरुको
जन्मलाइनै सार्थक


बनाइदिएको छ !हामी धेरैले पढेका र सुनेका छौ मदर टेरेसाको बारेमा , जय हेनरी
डियुनाको बारेमा , महाकबी लक्ष्मी प्रशाद देवकोटाको बारेमा , प्रिथिबी नारायण शाहको
बारेमा र महात्मा


गान्धिको बारेमा , यस्तै धेरै समाजसेवी र देशप्रेमिहरुको बारेमा ! प्रेमले मानिसलाइ
त्यती असल र


गुनी बनाउछ कि जस्को तुलना हामी भगवान सँग गर्ने गर्छौ र प्रेमबिनको मानिस त्यती
खराब र दुस्त


हुन्छ कि जसलाई हामी शैतान को कूसंज्ञा दिन्छौ ! यदी देशनायक अर्थात हाम्रो देशको
नेत्रित्व गर्ने


हरुले पनि देशसँग , जनता अर्थात देशबासिसँग महात्मा गान्धिले जस्तै निस्वार्थ
प्रेम गरिदिएको


भये आज हाम्रो देश , हाम्रो मातृभूमी ,हाम्री जननी स्वार्थ , प्रतिसोध र क्रोधरुपी
बमबारुध द्वरा यस्तरी


घाइते हुने थीइनन ! असुरक्क्षा , अशान्ति , डर र त्रासले यस्तरी ग्रसित हुने थीइनन
! देश घाइते


हुनु भनेको हामी घाइते हुनु हो , देशको अस्तित्व मेटिनु भनेको हाम्रो अस्तित्व
मेटिनु हो ! देशको


भविस्यालाई हत्केलामा लिएर देशको प्रतिनिधित्व गर्ने हरेक्ले देशलाई र जनतालाई
प्रेम गरेको


होस , निस्वार्थ प्रेम ! जुन प्रेमले एक सच्चा र इमान्दारी राष्ट्र प्रेमी ,
राष्ट्र नायक , राष्ट्र


उपासक बनाएर देशको अस्मिता जोगाउन प्रेरित गर्नेछ ! जनताका विश्वाश , आशा र
सपनाहरुलाई


साकार रुप दिनेछ ! हामीसबै एकअर्कसँग पवित्र प्रेम गरौ


प्रतिसोधलाई भुलेर ! एकर्काको गल्तिहरुलाई माफि दिएर ! रिसरागको अवशेसहरुलाई मेटेर
! घमन्डको घाटी रेटेर ! किनकी प्रेममा नै सबै समस्याको समाधान छ ! प्रेममा नै मनको
सन्तुस्ती र आत्माको


शान्ती छ !!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *