-चन्द्र गुरुङ

( नोट : ५/६ बर्ष अगि धरान घुम्न जाँदाको सम्झना लिपिबद्ध गरेर केही महिना अगाडि
यही फेसबूक मा प्रकाशित गरेको थिएँ ……….)

आज बिजया दशमीको दिन । घरमा टिका थापेर म पोखरा आइपुगेको छु । यहाँ पहीले देखि नै
मेरो अत्यन्तै घनिस्ट मित्रहरु गोरे , गम सोल्टी , भाई काजी , मिलन , नरेश , डिल
काजी , लक्षु र दिलिप दाई मलाई नै कुरेर बसिरहेका छन् । टाढाको यात्रा हुनाले ढिला
नगरी हामी गाडीमा चढ्यौ । गाडी ( double cabin pick up ) साथी भाई काजी को हो र
अहीले उसले नै drive गरिरहेको छ ।



 हामी पोखरा बाट दमौली , डुम्रे , आँबु खैरनी
हुँदै मुग्लिङ आइ पुग्यौ । बाँया गयो भने काठमान्डौ पुगिन्छ तर हामी नारायण गढ
हुँदै सौराहा पुग्नु पर्ने भएकाले दाँया तर्फको बाटो समात्यौ । असोज कार्तिकको
महिनामा पनि धमिलो र डर लाग्दो त्रिसुली नदीको किनारै किनार गुड्दा जति डर
लागिरहेको छ त्यती नै आनन्द पनि लागिरहेको छ । सबै जना गाडी भित्र नअटाउने भएका
कारण पोखरा बाट हिड्दा नै बाहिर बस्न सजिलो होस् भनेर त्यस्तै ब्यबस्था गरेका छौ ।
मौसम पनि राम्रो र सबै मन मिल्ने साथी भएकाले हामी सबै जना बाहिर बसेका छौ सिवाय
दिलिप दाई र भाई काजी ( जो गाडी drive गर्दैछ ) । यसरी मिल्ने साथीहरु सँग long
drive मा हिड्नुको मजा नै अर्कै हुदोरहेछ ।

त्रिसुली नदीको किनारै किनार रहेको यो नारायण गढ मुग्लिङ सडकमा कतै पनि ठुला बस्ती
/ बजार भेटिएको छैन । कुनै कुनै ठाउँमा साना झुपडी हरु भेटिएका छन् शायद चिया पसल
होला । पोखरा बाट हिंडेको साढे तीन घण्टामा हामी नारायण गढ आइपुग्यौ । गाडी बाट नै
दिलिप दाई ले सौराहा फोन गरेर हाम्रो लागि चार वटा कोठा बुक गर्नु भयो , सौराहाको
JUNGLE SAFARI LODGE मा । हामी नारायण गढ , भरतपुर , पर्सा हुँदै अहिले सौराहा
आइपुगेका छौ । घाम अस्ताइसकेको छ तर त्यसको लालिमा अझै यथावत छ क्षितिजमा । बाटामा
आइमाईहरु साइकल चलाइरहेका , केटाकेटिहरु बयलगाढाको पछि दौडिरहेका , मानिसहरु
बिभिन्न सामान टाउकामा बोकि घर फर्किरहेका द्रिस्य हाम्रा लागि नौला र रोमान्चक
छन् । सौराहा बजार मैले सोचे भन्दा रमाइलो लाग्यो । पोखराको LAKE SIDE कै झल्को
दिने बिभिन्न HANDICRAFT पसल , राम्रा राम्रा RESTAURANT , LODGE र RESORT रहेको
यो सौराहा बजार राप्ती नदिको किनारमा अवस्थित् रहेछ ।

सौराहामा हात्तीमा चढेर JUNGLE घुम्ने , राप्ती नदिमा BOATING , थारु कल्चर हेर्ने
, JUNGLE WALK , हात्ती प्रजनन् केन्द्र हेर्ने र जीप SAFARI ( JUNGLE मा ) गर्दै
कसरामा रहेको गोहि हेर्न जाने आदि PACKAGE रहेछ तर हामी सँग समय थिएन त्यसैले
बिहान उठेर JUNGLE घुम्ने ( हात्तीमा ) र चाडै नै धरान को लागि प्रस्थान गर्ने
सल्लाह गरयौ । RECEPTION मा बिहान ६ बजे नै उठाइदिनु भनि हामी आ-आफ्नो room तीर
सुत्न गयौ ।

हिजो दिनभरिको यात्राले गर्दा निद्रा गहिरो परेछ । बिहान लगातार रुपमा फोनको घण्टी
बजे पछि निद्रा भङ भयो । मैले उठेर फोन उठाएँ ” हेल्लो ! जी० प्र० का० चितवन , म
डि० एस्० पि० चन्द्र बोल्दैछु ” । फोन गर्ने RECEPTIONIST ले पुलीस को नाम सुन्ना
साथ डराएर फोन राख्यो । यता मेरो साथिहरु गोरे र लक्षु बिस्तरामा नै मरि मरि
हासिरहेका छन् । फेरि पनि फोन आयो , यसपटक मैले गोरे लाई फोन उठाउन भने ।

हामी उठेर तयार भई RESTAURANT मा गएर चिया नास्ता गरयौं । हामीहरुको लागि सात बजे
तीन वटा हातीको बन्दोबस्त गरिएको रहेछ । हात्ती चढेर JUNGLE पस्यौ । घना JUNGLE
भित्र घुम्दै जाँदा जरायो , नील गाई , मयुर , बिभिन्न प्रजातिका बाँदर ,चरा चुरुङी
, खोलाको किनारमा घाम तापिरहेका घडियाल गोहीहरु र ३ / ४ वटा गैडाहरु पनि देख्यौ ।
घना JUNGLE मा प्रत्यक्ष जङली जनावार र चरा चुरुङ्गीहरु देख्दाको अनुभव शब्दमा
बयान गर्न नसकिने किसिमको छ । हामी आखिर प्रकृति का सन्तान हौ । जति सुकै भौतिक
सुख सयलमा भुले पनि प्रकृति बाट टाढा जान वा हुन सक्दैनौ । भौतिक सुख भन्नु के नै
रहेछ र ? मानिसको मनोरन्जनका लागि कोठामा नै बसेर २ / ३ सय टि.भी च्यानल फेरी फेरी
हेर्न सकिन्छ तर स परिवार dinining table मा बस्दाको जस्तो खुशी / आनन्द त्यसले
कदापी दिदैन । भौतिक सुख सुबिधाले मात्र मान्छेको अन्तरात्मामा सन्तुस्टी दिन
नसक्ने रहेछ । हाम्रो हिमाल हेर्दै जापनिजहरु किन रुन्छन ? किन आफुलाई अभागी
ठान्छन ? किन धिक्कार्छन आफुलाई ? नेपालमा जन्मिन नपाएकोमा । हाम्रा ताल , तलैया ,
नदि , झरना , बन , जंगल , हिमाल हेरेर अमेरिकी र युरोपियनहरु किन भुतुक्कै हुन्छन्
?? sleeping tablet बिना निद्राको कल्पना पनि गर्न नसक्ने अमेरिकी तथा युरोपियनहरु
यहाँ स्वर्गिय आनन्दको अनुभव गर्छन् । किन र कसरी ? यी सबैको जवाफ मैले आज प्रकृति
सँगको साक्षात्कार बाट पाएको छु ।

लगभग साढे २ घण्टा JUNGLE घुमेर होटलमा फर्कियौ । हिजो र आजको होटलको खर्च तिरेर
करिब १० बजे तीर हामी धरान को लागि निस्कियौ । बाटोमा खानको लागि पानी , COKE
,PEPSI , केक , बिस्कुट , चकलेटहरु र २ बोतल रोयल STAG व्हिस्की किनेर गाडीमा
राख्यौ । अहिले हामी आठ जना बाहिर बसेका छौ । भाइकाजी मात्र भित्र छ । असोज
कार्तिकको महिना भए पनि घाम निकै चर्को छ । गाडिको रफ्तार तेज भएकाले हावा जोडले
लागिरहेको छ । बिहान बिहानै व्हिस्की को घुट्को संगै कहिले राजनितिको कुरा चल्छ ,
कहिले फिल्म को त कहिले खेलकुदको । साथिहरुको गफमा मस्त हुँदा हुँदै हेटौडा
आइपुगिएछ । स्कुल बाट पनि शैक्षिक भ्रमण आउँदा एक रात गुजारेको यो शहर मलाई बिशेष
मन पर्छ । तर आज हामी सँग हेटौडा घुम्ने समय थिएन र सिधै लाग्यौ पुर्व तीर । केही
अगाडि आए पछि चुरिया माईको मन्दिर आयो , हामीले गाडी बाट नै दर्शन गरयौ र फर्कने
समयमा रोकेर दर्शन गर्ने बाचा गरयौ ।

तीन नम्बर पुल ( ठाउँ को नाम ) मा गाडी रोकेर एउटा होटलमा खाना बनाइदिन आग्रह गरयौ
। दशै को बेला सबै जना होटल बन्द गरेर जुवा तासमा मस्त छन् तैपनि एक जना दिदिले
हाम्रो लागि खाना बनाउन लाग्नु भएको छ । यहाँ लोकल कुखुराको मासु र खाना दाउरामा
बनाउने भएकाले त्यसको नीम्ति FAMOUS रहेछ यो ठाउँ । एक घण्टामा खाना तयार भयो र
खाएर हामी हिडि हाल्यौ । केही बेरमा नै पथ्लैया को जङल आयो । यहाँ सुरक्षा फौजको
CHECKING रहेछ । गाडी बाट झरेर लगभग ३०० मिटर पैदल हिड्नु पर्ने तर हामी हाम्रै
गाडीमा बसिरहयौ । हामीले पैदल हिड्नु परेन । हिजो पोखरा बाट हिंडे बाट नै धेरै
ठाउँमा यस्ता जाच चौकी भेटिएका थिए । माओबादिले दशै को समयमा भनेर एक तर्फि युद्ध
बिराम गरेको छ तर सुरक्षा फौजको तर्फ बाट नियमित जाच यथावत छ । हामी त्यहा बाट पनि
अगि बढ्यौ । तराईको भुमी बाटो सम्म छ । त्यहि अनुसारको गाडिको speed छ । पथ्लैया
कटे पछि पहाडि मुलका मानिसहरु देखिन छाडेका छन् । दशै को बिदा भएर पनि होला जताततै
मानिसहरुको भिड देखिन्छ । तिनिहरु राम सिताका मुर्तिहरु बोकेर कतै नदि तलाउ मा
बिसर्जनका नीम्ति जादैछन् सायद । पथ्लैया बाट सुरु भएको यस्तो द्रिस्य ढल्केवर ,
लाहान , भारदह सम्मै रहयो । भारदह आइपुगे पछि चर्चित गायक उदित नारायण झा को
सम्झना आयो । उनि यसै गाउँका हुन । भारदह पछि बिशाल समुद्र जस्तो नदि देखियो । यो
नेपालको ठुलो नदि कोशी रहेछ । कोशी नदि र कोशिको पुल फर्केर आउने बेलामा घुम्ने /
हेर्ने भनेर गाडी नरोकि अगाडि लाग्यौ । गाडिको रफ्तार तेज छ । पहाडको कतै नाम
निशान छैन । लह लह धान झुलिरहेका हरिया फाँटहरु आँखाले देख्न सक्ने ठाउँ सम्म
फैलिएका छन् । यस्तै द्रिस्य केही बर्ष अगाडि कोहलपुर , नेपालगण्ज , कर्णाली
चिसापानी घुम्न जादा देखेको थिए । मलाई त्यहि भ्रमणको सम्झना आयो । लगभग सबै कुरा
उस्तै , फरक थियो त मानिसहरुको रुप रङ । कोहलपुर चिसापानी तीर पहाडिया मुलका मानिस
धेरै भेटिन्छन् भने यता मधेसि मुलका मानिस ।

दूहबी कटे पछि पहाडिया मानिसहरु देखिन थाले फाट्ट फुट्ट । केही समय पछि इटहरी बजार
आयो । मैले सोचे भन्दा धेरै ठुलो रहेछ यो बजार । ठाउँ ठाउँमा रुख बिरुवा लगाइएको
हरियो सुन्दर् बगैचा जस्तो । इटहरी बजारको चोक बाट हामी बाँया लाग्यौ । दाँया
बाँया जंगलै जंगलको बीच बाट हिड्दैछौ । जंगलै भरि चिहानहरु देखिएका छन् । धरान
नआइपुग्दा सम्म यस्ता चिहानहरु देखि रहयौ । एउटा चोकमा पुगेर गाडी रोक्यो
भाइकाजीले , यो भानु चोक रहेछ । ठीक यसै बेला घडिले साझको ६ बजेको संकेत दियो ।
सौराहा बाट हिडेको ८ घण्टामा हामी धरान आइपुगेका छौ । अक्सर धेरै लामो यात्रा
पट्यार लाग्दो हुन्छ तर मन मिल्ने साथिहरु सँगको यात्रा रमाइलो / आनन्ददायक र समय
कटेको पत्तै नहुने रहेछ । आखिर हाम्रो जिन्दगिको यात्रा पनि यस्तै त हो ।

गाडी राख्न मिल्ने होटलको खोजि गर्दा गर्दै १ / २ घण्टा बित्यो । अन्तमा धनकुटे
रोडमा GREENLAND होटलमा सबै कुरा मिल्यो । दशै को बेला भएकाले होटलमा स्टाफहरु
कोहि नरहेछ त्यसैले खाना खानको नीम्ति अन्यत्र जानु पर्ने भयो । होटलको साहुले नै
एउटा RESTAURANT मा फोन गरेर खानाको ब्यबस्था गरिदिनु भयो । धरान बजार बाट धनकुटा
जाने बाटोमा पर्ने रहेछ यो धरान भ्यू RESTAURANT । रातको समयमा झिलिमिलि बत्ति
बलेको धरान यहा बाट सुन्दर् देखिएको छ ।

बिहान छिटो उठेर चिया नास्ता गरयौ र धरानको चर्चित बुढा सुब्बाको मन्दिर तर्फ
लाग्यौ । मैले सोचेको थिएँ यो मन्दिर कुनै डाडा / थुम्को मा छ होला भनेर तर यो
मन्दिर धरान बजारको नजिकै पायक पर्ने ठाउँमा रहेछ । यहाँ कुनै भब्य मन्दिर छैन ।
सामन्य स्तरको मन्दिर छ । बातवरण मनमोहक र रमणिय छ । बाँसको ठुलो जंगल छ वरिपरि ।
सबै बाँसको टुप्पा छैनन् । त्यहि बाँसमा आफ्नो प्रेमि प्रेमिकाको नाम लेख्ने चलन
रहेछ । साथिहरुले धेरै खोजे नाम लेख्नको लागि बाँसमा खालि ठाउ छ कि भनेर तर
भेटाएनन् र अन्तमा डोरिहरु किनेर बाँधिदिए त्यहि बाँसमा । मेरो प्रेमिका पनि नभएको
र बिहे पनि नगरेको हुनाले डोरि बाध्नु ( बाँसमा ) आवस्यकता ठानीन । त्यहाँ बाट
हामी सिधै भेडेटार तर्फ लाग्यौ । १५ / २० मिनेटको बाटो रहेछ धरान बाट । सिधा उकालो
चढ्नु पर्ने । भेडेटार एउटा भन्ज्याङ् वा देउराली जस्तो लाग्यो । हामीले गाडी
भेडेटार बजारमा राखेर पैदल हिड्दैछौ माथि TOWER चढ्नको नीम्ति । पैदल आउँदा ८/१०
मिनेट लाग्दोरहेछ । बेसी मा रहेको धरानमा असोज कार्तिकको महिना भए पनि गर्मि नै छ
। यहाँ भेडेटार मा भने जाडो रहेछ ।

अती सुन्दर देखिदो रहेछ यहाँ बाट वरिपरिका द्रिस्यहरु । हीले धनकुटा पारी डाँडामा
टल्किरहेको देखिएको छ भने त्यसको माथि / उत्तर तर्फ कन्चनजंगा हिमाल प्रस्ट
देखिएको छ । बेसीमा धरान बजार र केही पर इटहरी बजारको थोरै भए पनि सुन्दर द्रिस्य
देखिएको छ । सबै भन्दा आकर्शक चाँही धरान – भेडेटारको बाटो र भेडेटार बजार देखिएको
छ यो TOWER बाट । हामीले पालै पालो फोटोहरु खिच्यौ चारै तिरको scene आउने गरि ।
TOWER मा चढेको ५ मिनेटमा नै थाहै नपाउदै हुस्सु लाग्यो र नजिकै पनि देख्न नसकिने
भयो । त्यसैले हामी तल झरयौ । TOWER संगै एउटा सानो पसल छ । सबै कुरा पाइनेरहेछ
यहाँ । साथीहरुले तोङ्बा र धराने बङुरको मासु अर्डर गरेका छन् । हामी सबै ( ९ जना
नै ) त्यहि TOWER को फेदी या आंगनमा लहरै बसेका छौ ससुरालिका ज्वाँईहरु जसरी ।
बिदाको दिन भएर पनि होला मानिसहरुको घुइचो छ । अधिकांस युवा युवती छन् घुम्न
आउनेमा केही भारतिय मुलका मानिसहरु पनि देखिएका छन् । छिन् छिनमा हुस्सु लाग्ने र
उग्रने भैरहेको छ । हुस्सु का कारण पनि होला चिसो बढेको छ । हुस्सु लाग्ने र
उग्रने कृया निरन्तर् चलिरहेको छ । पोखरामा थाहै नपाउदा पानी पर्ने र घाम लाग्ने
हुन्छ त्यस्तै लागिरहेछ भेडेटारको हुस्सु कुहिरो । साथीहरु तोङ्बा सकिए पछि त्यसमा
नै रोयल stag खन्याउदै तान्दैछन । बङुरको मासु पनि सकिएछ । जाड रक्सी नखाने हुनाले
म भने कोक र बिस्कुट खादैछु ।

मौसम थोरै सफा भएकाले म फेरी TOWER माथि चढे क्यामरा बोकेर । चारै तिरको
द्रीस्यहरु कैद गर्न थाले आफ्नो क्यामरामा । मलाई आफ्नो पनि केही फोटो लिन मन
लाग्यो । मैले रेलिङ मा बसिरहेको एक जना १७ / १८ बर्षको देखिने युवतीलाई अनुरोध
गरें । ६/७ बर्षकी बहिनी लिएर उ पनि त्यहा घुम्न आएकी रहिछे । २/ ४ वटा फोटो
खिचिसकेपछी मैले तिम्रो पनि फोटो खिची दिउ ? भनेर सोध्दा उनी बेसरी लजाइन । त्यहि
मौकामा मैले उनको नाम सोधे , उनको नाम सुम्निमा रहेछ । सुम्निमा भन्ने बित्तिकै
बि० पी० कोइरालाको ” सुम्निमा ” उपन्यासको पात्र सुम्निमाको याद आयो । ती सुम्निमा
फरासिली थीइन भने यिनी केही लजालु छिन् तर मन भने त्यस्तै सफा छ जस्तो लागिरहेको छ
। उनले मलाई पहिला नै साथीहरु सँग देखेकी रहिछे । ” कहाँ बाट आउनु भएको ? ” भनेर
सोधी , मैले हामी पोखरा बाट घुम्न आएको भनेर भने ( हुनत हामी सबै स्याङ्जा एकै
गाउँका हौ ) । ” पोखराका मान्छे त बदमाश हुन्छन् रे ” म तिर नहेरी उ बोली । म
चुपचाप बसिरहें । आफुलाई नै केही असजिलो महसुस भएछ क्यारे उसले म तीर प्रायस्चित
नजरले हेरी , हाम्रा आँखा जुध्न पुग्यो । प्रकृतिले नै बनाइदिएको आँखा बाट नबोलेर
नै मानिसले धेरै कुरा बोल्छन र बुझ्नेले पनि धेरै कुरा बुझ्छन , त्यस्तै भयो हामी
दुई बिचमा । उसको घर यही भेडेटार मा रहिछ । मैले जिस्काएर भने ” भेडेटार को मान्छे
पनि भेडेटार जस्तै लजाउँदा रहेछन ” । उ सानो आँखा टालिने गरि हाँसी ।

मेरो साथी गोरे मलाई खोज्दै माथि आयो । साथीहरु सबै हिंड्नलाई तयार भैसकेका रहेछन
। आज हामी धरानकै अन्य ठाउँ घुमेर भोलि नारायण गढ बास बस्न जाने सल्लाह छ । मैले
सुम्निमा सँग ” हामी जान्छौ फोन नम्बर भए दिनु म फोन गर्छु ” भने , उसको फोन (
मोबाइल ) नरहेछ । उसले आफ्नो ईमेल ठेगाना दीईन । एउटा सानो कागजमा टिपेर मैले
tracksuit मा राखे । ” पोखरा पुगे पछि मेल गर्नुस् है ” उसले भनिन । मैले
प्रत्युतरमा टाउको हल्लाएँ र bye भनि हिंडे ।

दुई दिन पछि घर पुगें । लुगाहरु फोहोर भएकाले आमाले मेरो सबै लुगा धोएर घरको छतमा
सुकाइदिनु भएको रहेछ । बिहान छतमा मेरो tracksuit देखे पछि सुम्निमाको ईमेल ठेगाना
त्यसमा राखेको सम्झना आयो । गएर हेरे तर त्यो लेखिएको ईमेल ठेगाना नबुझिने गरि
पानीले मेटिसकेको रहेछ । …the end

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *