हरि मानन्धर “विवश”

आँशुसँगै माया तिम्रो नसाटे नि हुन्छ प्रिय ।
अति माया गर्छु भनि नढाँटे नि हुन्छ प्रिय ।

तिम्रो मनको कुना कुना चहारेर निस्की सकेँ
घिउसँग मनकै लड्डु नचाटे नि हुन्छ प्रिय ।

हृदयको आवाज सुन्छु, अनि मनले बुझ्ने गर्छु
चिच्याएर मुक्त कण्ठ नफाटे नि हुन्छ प्रिय ।

सधैँ अर्ति उपदेश सुन्नु अनि गुन्नु अरे
राम्रो कुरा बीचमै अब नकाटे नि हुन्छ प्रिय

समर्पणमा हुन्छ माया, त्याग अनि तपस्यामा
बिलौनाको दुई शब्द नछाँटे नि हुन्छ प्रिय ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *