कृष्णपक्ष
यही डिसेम्बर ११ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजइजरायल च्याप्टरको आयोजनामा गीतकार तथा गजलकार उमा सुवेदीको प्रथम गजल सङ्ग्रहतप्किएर अन्जुलीमाइजरायलको तेलभिवमा एक समारोहका विच विमोचन गरिएको छ । उपस्थितसाहित्यकार तथा साहित्यप्रेमीहरूद्धारा सामुहिक राष्ट्रिय गानका साथै पानसमा दीपप्रज्वलन गरी उदघाटित सो कार्यक्रममा अ ने सा स इजरायल च्याप्टरका अध्यक्ष गीतकारसुनिल संगमद्वारा पुस्तक विमोचन गरिएको थियो । विमोचनको उक्त कार्यक्रममा अ ने सा सइजरायल च्याप्टरकी सदस्य तथा कवि दीप्स साहले स्वागत मन्तव्य राख्नु भएको थियो

आफ्नो प्रथम कृति तप्किएर अन्जुलीमागजल सङ्ग्रहका बारेमाप्रकास पार्दै गजलकार उमा सुवेदी परदेशमा रहेपनि आफ्नो मन सधैँ नेपाल र नेपालीसाहित्यमै अल्झिरहेको र सधैँ साहित्य क्षेत्रमै आफू समर्पित रहि रहने बताउनु भयो।वहाँले पुस्तक प्रकाशनका सन्दर्भमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुनेसबैलार्इ धन्यवाद दिँदै तप्किएर अन्जुलीमागजल सङ्ग्रहमा सङ्ग्रहित गजलहरूपढिदिनु भएर स्वच्छ प्रतिकृया समेत दिनु हुन सम्पूर्ण पाठक वर्ग तथा गजलपारखीहरूसँग अनुरोध गर्नु भयो ।

कार्यक्रममा अन्य साहित्यक व्यक्तित्वहरू अनेसास इजरायलका सल्लाहकारनयन्द्र चेम्जुङ तथा सोमेन्द्र घिमिरे साथै अने सा स का केन्द्रिय सचिव हरिमानन्धरले गजल सङ्ग्रह तथा गजलकारका विषयमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।यसैगरी अ ने सा स इजरायलका अर्का सदस्य यश जीले सङ्ग्रहमा सङ्ग्रहित गजलहरूकोचर्चा गर्दै अनुप्रास युक्त लालित्य काव्यकलाकी शील्पकार उमा सुवेदी नेपाली साहित्यक्षेत्रकी निकै आशा लाग्दी नारी हस्ताक्षर भएको बताउनु भयो ।

 

कार्यक्रमसमापनका क्रममा बोल्दै कार्यक्रमका सभापति सुनिल संगमले गजलकार उमा सुवेदीको प्रथमकृति विमोचन गर्न पाउँदा अनेसास इजरायल च्याप्टर गैारवान्वित भएको भन्दै वहाँकोआगामी साहित्यक यात्राको लागि शुभकामना दिनु भयो ।

कार्यक्रम अनेसास इजरायलच्याप्टरका महासचिव कृष्णपक्षले सञ्चालन गर्नु भएको थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *