जोगाऊ रेशमीपर्दा,म हुरी बोकिहिड़नेसंग
अर्ध-उदांगो छायाँ नचियाउनु सकिन्दैन
नजर बैमानी छ,हेराईमा बिषादी छ !
पाप नठान्नु फेरि,आखाँले मन बोक्दैन
छेक्नु सर्वांग आफुलाई,कालैधर्सा कोरेर
गुलाबी दृष्टि मुन्तिर,काडाँ हुन्छ नभुल्नु
दृष्टि सम्मोहक छ, नसा छुवाई दिन्छ !
म बेग हुँ फेरि,न्यानो खोज्नु मिल्दैन
रापको जोहो गर्नु,आधा रहरहरु बाँधेर
छेऊ आई निभाई-भागे,निष्ठुरी नभन्नु
नयन आकर्षक छ, निमेष मै झुक्याउछ !
– निर्जन, ओफ्न्बाक-जर्मनी, २५ अक्टुबर २०१०, साँझ १०:०३ बजे.
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *