नडराऊ साँझ, म नजिकै आऊ
बुझें ऊ बिना एक्लै आयौ
तिम्रो सुनसान पनि यतै ल्याऊ
प्रीतिको सुबासना, कतै भुलि आयौ
नडराऊ ,…………  !
नसोच ऊ बिनाको तिम्रो मादकता
कतै मन्द पो हुन्छ भनेर
नभन ऊ बिनाको तिम्रो सौन्दर्य
कतै पलाँस जस्तै भो भनेर
कहिँ उसको एउटा केश-राशी
तिमीसंगै अल्झेर आएछ भनेपनि
म तिमीलाई नै सायद,ऊ ठानीदिन्छु
अनि मनका कुरा खोली दिन्छु
तिमी चुपचाप भई सुनिदिनु
मेरो मनको निश्चल भावहरु
अँध्यारोमा कहि नघोपट्याईदिनु
अपुरो मेरो प्रेमका चाहनाहरु
अनायसै  तिम्रो हत्केला समाएर
तिमीलाई प्रेम-प्रस्ताब पोखें भने
तिम्रो अस्विकार,स्विकार्य ठान्नसक्छु
अनि अंगालेर कतै भागौँ  भन्नसक्छु
नडराऊ साँझ, म नजिकै आऊ ,…………………..  !!!
-निर्जन, पेप्सीकोला-काठमाडौँ , २३ जनवरी २००९, प्रात ०३:१० बजे
( यो गीतको बारेमा सानोकुरा :
सायद आधारातमा उठेर यो गीत लेखियो,
बिहान १० बजे,साहित्यकार दुर्गालाल श्रेष्टको शब्दमा संगीतकार न्ह्यू बज्रचार्य दाजुले संगीतबद्द गर्नुभएको ” मनपर्छ, परेर के गरूँ ,…? ” बोलको गीत, डोरेमी स्टुडियोमा मेरो पहिलो रेकर्डिंग थियो. लोडसेडिंगको बहारमा न्ह्यू दाजु र मलाई छतमा गएर सुर्य चुरोठ तान्नू फुर्सद मिलिहाल्यो.
न्ह्यू दाजु कुर्सीमा बसेर पिउंदै हुनुहुन्थ्यो, म छतको छेउमा गएर रानीपोखरी अगाडी थुप्रिएको फोहर-मैलाको डंगुरमा मेरो देशको अनुहार केलाउदै थिएँ.
के मनलाग्यो कुन्नि ,… मलाई !
” दाजु एउटा गीत लेखेकोछु,.. सुन्नु हुन्छ ? ” भनेर प्याटै भनिहालें
टाउको हल्का हल्लाउनु हुँदै,.. ” हुन्छ, सुनाऊ न ” भनेर भन्नु भयो
गीत सुनाई सकेको मात्र के थिए
” खै ,.. त्यो गीत यत्ता ल्याऊ त दिपक ” भनेर मेरो नोटबुक पक्रेर तल उहाँको अफिस तिर झर्नु भयो
म एक छिन त `वाल्ल` पर्दैथिए, उहाले ” हिड ,..” भनेको सुने
मेरो लगातार दुईटा `सुर्य` सल्काएर तानेपछि मात्र धित्तमर्ने बानी
” अर्को सिगरेट खाएर आउछु दाजु ,.” भनेको
” आऊ,.. तलै अफिस मै खाऊ ” भन्नु भयो
त्यसपछि ,……
रेकर्डिंग गर्ने काम बिर्सिएर झन्डै दुई घन्टामा गीतको लय तयार पारिदिनु भयो
मेरो शब्दमा न्ह्यु दाजुको पहिलो संगीत भएको यहि गीत हो, मेरो आफ्नै पहिलो `एल्बम´मा राख्ने धोको छ
यहाँहरुलाई यो गफ सुनाउने अवशरको मौका छोपीहाले
सुनिदिनु भयो,पढिदिनु भयो
धन्यबाद  )
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *